बहुला स्यालको टोकाइबाट २० जना घाइते, उपचारका लागि काठमाडौं ल्याउनु पर्ने

बहुला स्यालको टोकाइबाट २० जना घाइते, उपचारका लागि काठमाडौं ल्याउनु पर्ने

सुर्खेत । सुर्खेतमा स्यालको टोकाईबाट २० जना घाइते भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर १, २ र ४ मा बहुला स्यालको टोकाइबाट उनीहरु घाइते भएका हुन् ।

पछिल्लो एक सातामा २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

स्याल आतंक नै मच्चिएपछि नगर प्रमुखसहितको बैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भएको बताइएको छ ।