नापतौल विभागका तीन कर्मचारी घुस लिँदालिँदै पक्राउ

नापतौल विभागका तीन कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाडौं । नापतौल विभागका तीन जना कर्मचारी घुस लिदालिँदै पक्राउ परेका छन् ।

काठमाडौंको बालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेर पक्राउ गरेको हो ।