नवलपरासी । नवलपरासीमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

बिहीबार बिहान ना ५ ख ३७२२ नम्बरको ट्रकले लु ११ प ९२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली नगरपालिका–१५ का २२ वर्षे महेन्द्र बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका विकको देवचुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर