एजेन्सी । अमेरिकाले रुसलाई सन फ्रान्सिस्कोस्थित वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।

रुसको अनुचित कारवाहीको जवाफ भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंगटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो ।

हार्दिक शुभकामना !

गत महिना रुसले उसको देशमा रहेका ७ सय ५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको जवाफमा यो कदम चालिएको बताइएको छ ।

यसअघि क्रिमियामा रुसी कब्जा र अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विरोधमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि प्रतिबन्ध लगाउँदै ३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए ।

सोही बेला ओबामाले मेरील्याण्ड र न्यूयोर्कमा रहेको रुसका दुई कूटनीतिक कार्यालय बन्द गराइदिएका थिए ।

अमेरिकाको यो कदमसँगै अब दुबै देशमा तीन÷तीन दूतावास बाँकी रहने जनाइएको छ । रुसले भने अमेरिकाको यस निर्णय हेरेर आफूले उचित कदम चाल्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर