दशैका लागि भदौ २२ देखि टिकट बुकिङ खुल्ला

दशैका लागि भदौ २२ देखि टिकट बुकिङ खुल्ला

काठमाडौँ । हिन्दूहरुको महान चाड बडादशैं तथा तिहारमा काठमाण्डौं उपत्यकाबाट बाहिरिने यात्रुहरुलाई लक्षित गर्दै नेपाल यातायात व्यवस्था विभागले भदौ २२ देखि टिकेट बुकिङ खुल्ला गरिने जनाएको छ । विभागमा शुक्रबार बसेको बैठकले भदौ २२ देखि दशै र तिहारको लागि टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको विभाग स्रोतले जनाएको छ ।
शुक्रबार यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महांसंघ, ट्राफिक प्रहरी लगायत यातायात सम्बन्धी विभिन्न निकायको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्स राखिने र अहिले चलिरहेको भाडा दर नै कायम राख्ने निर्णय समेत गरेको छ ।