प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीको मैदान इत्तिहाद स्टेडियममा भएको खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

दोस्रो हाफको ८२ औं मिनेटमा म्यानचेस्टर सिटीका राहिम स्टर्लिङले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

यसपछि एभर्टनका मोर्गन स्नाईडर्लीनले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा सीमित भएका थिए ।

यो बराबरीपछि प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवाती दुई खेलबाट दुबै टोलीले ४–४ अंक जोडेका छन् ।