झापा । झापामा मंगलबार बिहान बिजुलीको हाइटेन्सन तार खस्दा ३ जना गम्भीर घाइते भएका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा मंगलबार बिहान साढे ६ बजे बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर खस्दा तीन जना घाइते भएका हुन् ।
झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले बिजुलीको करेन्ट लागेर घरमुली ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका काफ्ले र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएको जनाएका छन् ।
उनीहरुको अहिले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । करेन्ट लागेर दुई चौपायाको समेत मृत्यु भएको छ ।