चैनपुर । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

बझाङको कोइरालाकोट केन्द्रविन्दु भएर बिहान ६ बजेर ३५ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरा, हुम्ला, दार्चुला, बैतडी, डोटी, अछामलगायतका जिल्लामा महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको विवरण प्राप्त नभएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर