झर्रोटर्रो : प्यारीडाँडाको रोदन

झर्रोटर्रो : प्यारीडाँडाको रोदन

चुनावी समीक्षा गर्न भन्दै नेपाल कमाउ पार्टी (मारवाडीकेन्द्र) को बैठक प्यारीडाँडामा चल्यो । जिल्लाका मुखियाहरू सम्मिलित पार्टीको सचिवालय बैठक चलेको जानकारी झर्रोटर्रो कार्यालयमा खुत्रुक्क आइपुग्यो । जानकारीसँगै बैठकमा ककस्ले केके भने भन्ने कुराको सूचना पनि विशेष सुलसुले मार्फत् प्राप्त भयो । रिपोर्ट दिने प्रदेशका मुखियाहरू सबैले एकै स्वरमा रोइकराई गरेर हजारीलाल कमिटी भङ्ग गर्न नेतृत्वलाई अनुनय विनय गरे । उनीहरूले हजारीलाल कमिटीका कारण धेरै गुट भएको र आपूmहरूले निर्देशन गर्न नसकेकाले चुनाव हारेको भने । उनीहरूले आफ्नो जस्तै मालेको पनि हँसिया र तारा चुनाउ चिन्ह भएकाले पनि आपूmहरूलाई आउने भोट उता गएकोले हारिएको बताए ।

मिस्टर सुप्रिमोले बैठकको सुभारम्भ नै आफ्नो रोदनबाट गरे । उनले भने ः ‘ मने जनयुद्धका दस वर्षमा मैले धेरै हण्डर खाएँ । कैले लिनप्याओवादीबाट, कैले भारतपरस्तबाट, कैले आलोक प्रवृत्तिबाट, कैले ज्यादब प्रवृत्तिबाट, कैले थापा र श्रेष्ठ प्रवृत्तिबाट । (निकै भावुक हुँदै) मने केके हो केके । हामीले माउवादी मान्यता स्थापित पनि ग¥यौँ, विस्थपित पनि ग¥यौँ । मान्छेले माउवादीले ध्वस्त मात्रै गर्छ भन्थे हामीले अहिलेसम्म आउँदा बरू आफैँलाई ध्वस्त पा¥यौँ तर संसदवादलाई बलियो बनायौँ । मान्छेलाई यो सुप्रिमो भन्ने जन्तु नै छैन भन्ने प¥या थ्यो मने मैले दुईफेर पर्धानमन्त्री पट्काएर देखाइदिएँ । अझै आर्को पटक पनि आउँचु है स्वागत गर्न ठिक्क पर्नु भनेर मने छोड्या छु । चारतारे र सूर्यछापले गर्न नसक्या काम मैले गरेर देखाइद्या छु । मने उनीहरूले संसदवादलाई बचाउन नसकेर दरबारलाई बुझाइद्याथे, मैले संविधान बनाएर बलियो बनाइद्या छु । काम हाम्ले गर्ने, एजेण्डा हाम्रो हुने चुनाउ अर्काले जित्ने के भयो यस्तो ? (हुँहुँहुँ…फ्अ… साँक्क सुँक्क) मने हाम्रो पार्टीमा धेरै गुट भएर चुनाउ हारियो, अब मेरो मात्रै गुट हुन पर्च । अब पार्टी सार्टी भङ्ग गर्न मन लाग्या छ । माक्र्स एङ्गेल्सले पनि यस्तै भन्याथे । सबैका गुट भत्काएर मेरो मात्रै सानो गुट बनाएपछि पार्टी बन्च । पैसावाल र एनजिओ हामीसित छैनन् । ज्यान पाल्न रोइकराई गर्नेहरू पार्टीमा धेरै भए । मने तिनीहरू किन बस्ने अन्तै हिँडे हुन्च ।’
त्यसपछि प्रदेशका मुखियाहरूको बोल्ने पालो आयो ।

मुखिया नं. १ ः चार हजारे सिसि बनाएर माउवादी पाताल भासियो । भोटदिने जमिनमा कोइ भएनन् । (हुँहुँहुँहुँ…) हामी मुखियाहरू मात्रै राखेर पार्टी सानो पार्न पर्च । मालेले हाम्रा भोट चो¥यो । (हुँहुँहुँ…) सूर्यछापले एनजिओ लगाएर दपेट्यो हाम्लाई । हामीसित पैसै भएन । तालमेल गरेकाले धोका दिए । (हुँहुँहुँ.. सुँक्क सो¥याक्क)

मुखिया नं. २ ः मण्डले राष्ट्रवादले पाहाडमा भोट आएन । मधेशमा सुप्रिमोको हाइहाइ छ । तपाइँ बनाउन र भत्काउन सिपालु हुनुहुन्च । जनयुद्ध गर्दा भाग्ने साथी ऐले यहीँ छन् । सुप्रिमो तपाइँले गुटको संरक्षण गर्नुहुन्च । पार्टी भङ्ग गर्ने अधिकार छैन ।

मुखिया नं ३ ः हाम्रो भोट मालेले चाइँ चो¥यो । त्यसलाई चोरी मुद्दा हाल्न चाइँ पर्च । ०७० को चुनाउमा काङ्ग्रेसको पैसा खाएर बहिष्कार चाइँ ग¥यौँ । ऐले भोट माग्दा चाइँ दिएनन् । तालमेल गरेको चारतारेले भोट हाम्लाई चाइँ हालेन । त्यसैले चाइँ हारियो ।

मुखिया नं ४ ः चुनाउमा तालमेल गर्नु भनेर भनेको राम्रो भएन चिँ । विदेशीले नक्कली कम्निस्ट भनेर भनेको एमालेलाई बनाए, हाम्लाई बनाएनन् चिँ । अरूले धाँधली गरे हाम्ले गर्न पाएनम् । मालेको चुनाउ चिन्हले भनेर भनेको दुःख दियो चिँ । हजारीलाल बिघटन गर्नु पर्छ भनेर भनेको चिँ । चुनाउ महङ्गो भयो । यस्तो हो भने हाम्ले चुनाउ कैल्यै जित्दैनम् भनेर भनेको । हाम्ले युरोपियन दातामाता गुहार्न पर्च भनेर भनेको चिँ ।

मुखिया नं ५ ः चुनाउमा पैसाको खोलाले हाम्रा भोट जति बगायो । अरू पार्टीले जस्तै हाम्ले अधिकृत किन्न सकिनम् ।

मुखिया नं. ६ ः पार्टी हात्ती जत्रो भयो, मुसा जत्रो बनाउन पर्च । जताततै दुलो पारेर पस्छ । पार्टी फुटेकाले हा¥यौँ अरू कारण हैन ।

मुखिया नं. ७ ः चुनाउ पछि सारेर हारियो । अघि गरेको भए एकलौटी जित्थ्यौँ । पार्टी फुछेर पनि हारेको हो । रावलले आफूलाई सरकार प्रमुख भने हाम्ले पनि मलाई तोक्न पथ्र्यो । सरकारी कारिन्दाहरूले पनि हाम्लाई धोका दिए । सङ्गठन सानो बनाएनौँ भने यस्तो तालले चुनाउ कैल्यै जितिन्न ।

प्रदेशका मुखियाहरूले बोलिसकेपछि अरू दोस्रो तहका लाउकेहरूको बोल्ने पालो आयो । जनयुद्धबाट आएकाले पार्टी एकता गर्दा छोडेको विचार मिस्टर सुप्रिमोपथ ब्युँताउनु पर्ने जोडदार माग गरे । सुप्रिमोपथ छोडेकाले चुनाउ पनि हारेको, पार्टी लथालिङ्ग भएको, जनयुद्ध नलडेकाहरूले हालिमुहाली गरेर सुप्रिमोलाई घेराबन्दी गरेको, सरकारको तर चाटेको र आपूmहरूलाई जिल्लाराम पारेको गुनासो गर्दै रुवावासी गरे । अब सुप्रिमोपथ ब्युँताएर सबैलाई तह लाउन पर्च भने । प्युठानी थापाकाजीले भने ‘पार्टीमा गुटको पनि गुट छ । तर मेरो गुट हुन पाएन । मसित एकतामा आएको एउटो विश्वासे थ्यो त्यसले पनि अविश्वास गरेर हिँड्यो, ऐले मसित एकजना पनि छैन । अरू पनि एक्लाएक्लै हुन पर्च । म त झन् सुप्रिमोपथको गीतै लेख्या मान्छु हुँ । मलाई सुप्रिमोले अलि बेवास्ता गरेको बुभ्mया छु ।’

गोरखाली काजीसापले त कडा आपत्ती जनाउँदै प्रतिवाद गरे । उनले भने ‘यो पार्टीमा जनयुद्ध गरेको भनेर पूmर्ती लाउने, धाकधक्कु लगाएर हाम्लाई हेप्ने गरिन्छ । हाम्लाई पछिबाट भाग खान आएका भनिन्छ । सुप्रिमाकोे अचाक्ली चाकडी गर्ने चलन छ । यो राम्रो भएन । माक्र्स एङ्गेल्सले के बन्दुक बोक्याथे र ? बन्दुक बोक्ने मात्रै क्रान्तिकारी हुने अरू नहुने काँ हुन्च ? बन्दुक बोक्ने माउवादी भए हामी त झन् माक्र्स एङ्गेल्सवादी हौँ । माउ ठूलो कि माक्र्स एङ्गेल्स ठूलो ?’ यति भनेपछि जनयुद्धवाला बुरुक्क उफ्रे ।

जनयुद्धवाला ः हो त नि तिमीहरू पछिबाट भाग खान आएकै हो । जनयुद्ध गर्नेबेला पैल्यै भाग्या हैन ?

काजीसाप ः हाम्ले जनआन्दोलन ग¥या हैन ? तिमेरु मात्रै हो क्रान्तिकारी ?

जनयुद्धवाला ः यीइइइ हो । तिमरु ०६४ को चुनाउमा समेत हामीसित एकता गर्न डराका हैनौ ? हाम्ले चुनाउ जितेर सरकार बनाएसि बल्ल एकता ग¥या हैन । अनि भाग खान नआएर के हो त्यो ?

काजीसाप ः तिमरु पनि जनुयद्ध छाडेर हाम्रो बाटोमा आको हैन ?

जनयुद्धवाला ः टेबुल ठोक्यो धड्याम्म । साँच्चै खोज्या हो ?

काजी ः तिमरुले के खोज्या हो ? सुप्रिमो तिम्रो मात्रै हो ? धड्यम्म ।

धड्याम्म । धुडुम्म । धड्याम्म । धुडुम्म । ड्याङ्ग¥याङङ ।

अन्त्यमा थकालीले भने यहाँ सबै घुस खान भ्रष्टचार गर्न दोहो¥याइ तेहे¥याई मन्त्री खान खोज्या छन् । यिनरुको नियत ठिक छैन । त्यसपछि उपर्धानमन्त्री, नयाँशक्तिका चेला, प्युठानी लिला आदि इत्यादिले आआफ्ना गुनासाका पोका खोलेर छताछुल्ल पारे । त्यसपछि राष्ट्रिय समाजवादी नेता र सुप्रिमोले थामथुम र मसारमुसुर पारेर बैठक सके ।

७ साउन २०७४

kailubraha73@gmail.com