आफ्ना परिवारका सदस्य र सहयोगीलाई माफी दिने उपाय खोज्दै ट्रम्प !

आफ्ना परिवारका सदस्य र सहयोगीलाई माफी दिने उपाय खोज्दै ट्रम्प !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग क्षमादानको सम्पूर्ण अधिकार रहेको बताएका छन् ।

गत वर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेलाई लिएर उनका सहयोगी तथा उनका परिवारका सदस्य दोषी पाइएको अवस्थामा ट्रम्प आफैं र आफ्ना परिवारका सदस्यलाई माफी दिने उपायको खोजी गरिरहेका छन् ।

विपक्षी डेमोक्रेटिक पार्टीका प्रवक्ताले भने यो विषय चिन्ताजनक भएको टिप्पणी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सीले चुनावका क्रममा ट्रम्पको समूह र रुसबीच कस्तो सम्बन्ध थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

एफबीआईले नै रुसले ट्रम्पलाई राष्ट्रपति बनाउनका लागि सहयोग गर्ने कोशिस गरेको आशंका गर्दै आएको छ । रुस र ट्रम्पले भने यो कुराको खण्डन गरिरहेका छन् ।

वासिंगटन पोस्टले बिहीबार मात्रै ट्रम्पले आफ्नो टिम र नजिकका सहयोगीलाई माफी दिने उपाय खोजिरहेको समाचार प्रकाशित गरेको थियो ।

शनिबार ट्रम्पले ट्विट गर्दै अमेरिकी राष्ट्रपतिसँग हरेक विषयमा माफी दिने शक्ति रहेको कुरा नबिर्सन चेतावनी दिएका छन् ।