कुखुराले घन्टौंसम्म मुख्य सडकमा ट्राफिक जाम गरेपछि…

प्रकाशित मिति : २०७४ असार २३

एजेन्सी । सवारी साधनको चाप र सही व्यवस्थापनको अभावमा ट्राफिक जाम भएको कुरा त तपाईले सुन्नु भएको होला । कुखुराका कारण सडक जाम भएको भने थाहा पाउनु भएको थिएन । तर पूर्वी अस्ट्रियामा कुखुराका कारण घन्टौसम्म ट्राफिक जाम भएको छ ।

कुखुरा लिएर जाँदै गरेको एक ट्रक दुर्घटनाग्रस्त भयो, जसका कारण देशको मुख्य राजमार्गमा घन्टौसम्म सडक जाम हुन पुग्यो ।

दुर्घटनामा ट्रक पल्टिएपछि हजारौं कुखुरा आफ्नो पिंजडाबाट बाहिर निस्किएका थिए । सोही कारण ट्राफिक जाम हुन पुगेको हो । यसरी छरिएका कुखुरा टिपेर पुनः पिंजडामा राख्न घन्टौं समय लागेको थियो ।