वल्र्डलिङ्कले वितरण ग¥यो उपहार दश भाग्यशाली ग्राहकलाई

वल्र्डलिङ्कले वितरण ग¥यो उपहार दश भाग्यशाली ग्राहकलाई

काठमाडौं । व्यवसायी दिलिप अग्रवालले सन् १९९५ मा स्थापना गरेको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्पनीले एक लाख ग्राहक पुगेको अवसरमा घोषणा गरेको उपहार योजना अनुसार दश भाग्यशाली ग्राहकलाई उपहार वितरण गरेको छ ।

कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ । १६ असारमा विजेता घोषणा गरेको वल्र्डलिङ्कले २२ असारमा उपहार वितरण गरेको हो । कम्पनीले जनाए अनुसार ग्यालेक्सी एस ८ मोबाइल उपहार पाउने १० भाग्यशाली ग्राहकमा भरत शाही ठकुरी, काठमाडौं, तेन्जिङ शेर्पा, काठमाडौं, ज्योती लामा, भक्तपुर, एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं, सुजन तिमल्सिना, काठमाडौं, राजेन्द्र कुमार, भैरहवा, पाहुरा थारु डेली–स्माईल चौधरी, धनगढी, गौरव कुमार अग्रवाल, बिरगंज, पार्बती थापा, बुटवल र बिनोद थापा मगर, काठमाडौं रहेका छन् ।