
एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानी टोलीको समर्थन गरेको आरोपमा भारतको मध्यप्रदेशमा १५ जनालाई पक्राउ गरिएको छ ।
पक्राउपर्ने मुस्लिम व्यक्तिहरुलाई राजद्रोहको अभियोग लगाइएको त्यहाँको प्रहरीले जनाएको छ ।
संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीको समर्थन गरेका आधारमा राजद्रोहको गम्भीर अभियोग लगाइएको हो ।
यस्तो अभियोग लाग्नेले आफ्नो पासपोर्ट बुझाउनुपर्ने, सरकारी जागिरका लागि अयोग्य, अदालतले बोलाएको समयमा उपस्थित हुनुपर्ने र कानुनी ‘फि’ व्यहोर्नुपर्ने व्यवस्था छ ।
सो खेलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको थियो । भारतीय पत्रिका ‘इन्डिया टुडे’ ले भने प्रहरीलाई उद्धृृत गर्दै पाकिस्तानको पक्षमा नारा गरेकाले नभइ भारतविरोधी नारा लगाएकाले राजद्रोहको मुद्दा लगाइएको दाबी गरेको छ ।