फेसबुक लाइक पाउन बाबुले आफ्नै बच्चालाई…

फेसबुक लाइक पाउन बाबुले आफ्नै बच्चालाई…

एजेन्सी । अल्जेरियामा एक अनौठो घटना बाहिर आएको छ ।

त्यहाँको एक अदालतले एक बाबुलाई आफ्नो सानो बच्चालाई झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।

ति बाबुले धेरै तला भएको भवनको माथि आफ्नो फ्ल्याटको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेका थिए ।

उनले यो तस्बिरको मुनी क्याप्सन लेखेका थिए, ‘१००० लाइक्स या म यसलाई तल झारिदिउँ ।’

उनको यो तस्बिर देखेर सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए । यो उजुरीपछि स्थानीय प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

अल अरेबिया वेबसाइटका अनुसार अल्जेरियाको राजधानी अल्जियर्सको १५ औं तलाको अपार्टमेन्टमा उनले यस्तो तस्बिर खिचाएका थिए । यस्तो तस्बिर खिच्ने नक्कल नगर्न आग्रह समेत गरिएको छ ।