अश्वनस नीति र संसदीय परिपाटीको चुनावको अन्तर्य

अश्वनस नीति र संसदीय परिपाटीको चुनावको अन्तर्य

चुनाबमा जनाताको अभिमत प्रकट हुन्छ, लोकतन्त्रको सौंदर्य हो आदी इत्यादी कुरा संसदवादीहरुले जती फलाकेपनि यो झुठ र भ्रम हो भन्ने यथार्थ संसदवादीहरुको व्यवहार र देशको दुर्दशावाट स्पस्ट हुन्छ । चुनाव जनाताको चेतना स्तर नाप्ने ब्यारोमिटर भनिएपनि संसदीय व्यवस्थामा चुनाव जित्ने आधारहरु जागिर, पैसा (मनी), बाहुबल (मसल), धुँवादार प्रचारवाजी, आर्थिक मुक्ति, मत खरिद गर्ने राज्य सत्ताको दुरुपायोग, झुठ, जालझेल हुनाले कथनी र करनीमा धेरै फरक देखिन्छ ।

(१) घोषणापत्रको लडाइँ होइन पैसा, जागिर र मुढे बलको लडाइँ

पुँजीवादी समाजमा चुनावको कुरा गर्नु घोषाणापत्रको या राजनैतिक सिद्धान्त, विचार र व्यवहारको लडाइँ होइन कि, तैले धेरै जागिर दिन सक्छस् कि मैले ? तेरो जागिर दिने ठाउँ (उत्पादनको साधन ?) धेरै छ कि मेरो ? भन्ने कुराको चुनाव या संख्या गिन्ती या जागिरे, फाइदा लिने, नोकरी गर्नेको टाउको गिन्ती मात्र हो । नत्र एउटै पार्टीको सिद्धान्त देशै भरी एउटै भए पनि कुनै ठाउँ मा जित्छ, कुनै ठाउँमा पतासाफ हुँदै जन्छ । आखिर किन त ? जागिर खुवाउन सक्ने ठाउँमा जितिराख्छ, अरु ठाउँमा हार्छ । त्यस्तै चुनाव भनेको तैले धेरै पैसा खर्च गर्न सक्छस् कि मैले ? तेरो मुढे बल देरै छ कि मेरो ? भन्ने प्रतिस्पर्धा मात्र हो भन्ने कुरा त बिभिन्न घटना क्रमले पुष्टि गरिसकेको छ ।

(२) अश्वनस नीतिः जित्न जे पनि गर्ने आपराधिक नीति

सामन्ती राजनीतिका आदर्श चाणक्यको एउटा राजनीतिक लाइन थियो–अश्वनस नीति । आफ्नो लक्ष्य हासिल गर्न जुनसुकै गलत काम गर्दा पनि हुने, जस्तै अपराध गरेर पनि लक्ष्य प्राप्त गर्ने नीति नै अश्वनस नीतिको सार हो । अहिले संसदवादी दलहरुले चुनाव जित्नका लागि जालझेल, छलछाम, गलत, अन्याय, अत्याचार आदी सामन्ती र पूँजीवादी राजनीतिका कुटिल चाल र हतकण्डा प्रयोग गर्छन् । तर संसारमा कम्युनिष्ट क्रान्तिकारी राजनीतिको शुरुवात त्यस्ता छल र षड्यन्त्रबाट सम्बन्ध विच्छेदसँगै भएको थियो । र, सच्चा क्रान्तिकारीहरुले कहिल्यै त्यस्तो गलत काम गर्नु हुँदैन । गलत काम गर्ने कुनै असल बाटो हुँदैन ।

(३) आर्थिक मुक्तिबिना वैचारिक मुक्ति गाह्रो
जागिर दिएको भरमा, ठेकापटा मिलाएको भरमा, भोलि पसल या व्यापार चल्छ कि चल्दैन भन्ने आशा र डरमा, निश्चित पार्टीलाई भोट दिनै पर्ने बाध्यता जबसम्म रहन्छ, तबसम्म चुनाबबाट जनताको अभिमत प्रकट हुन्छ भन्नु दीवा सपना मात्र हो । जबसम्म आर्थिक मुक्ति हुँंदैन तबसम्म चुनाब भन्नु मनी (पैसा), मसल (मुढे बल) र जागिरको प्रतिस्पर्धा मात्रै हुने निश्चित छ । त्यसैले चुनावले सत्यको होइन शक्तिको अभिव्यक्ति मात्र दिन्छ पनि भनिन्छ ।

(४) वैचारिक र व्यवहारिक श्रेष्ठता र वैज्ञानिकता, त्याग, बलिदान, इमान्दारिता भन्दा पनि प्रचारबाजी र ग्ल्यामरको प्रभाव धेरै,

चुनाबमा वैचारिक र व्यवहारिक श्रेष्ठता र वैज्ञानिकता, त्याग, बलिदान, इमान्दारिता, सही या गलत, ठीक या बेठीक, असल या खराब, न्याय या अन्यायको कुनै अर्थ नै नभए जस्तो भैसकेको छ, पुँजीवादी प्रचारले गर्दा । राजनीतिक नारा, सिद्धान्त भन्दापनि प्रचारबाजी र ग्ल्यामरको प्रभाव धेरै हुनु दुःखद छ । राजनीतिक रुपमा कम सचेत भएका जनतालाई प्रचारबाजीको शिकार बनाइएको छ । गहिराइमा बुझ्ने भन्दापनि छिपछिपे र सतही ढंगले बुझ्ने बानीले नि यसो भएको हो । अनी त जहिल्यै नीति एउटाको नेतृत्व अर्कैको हुने समस्या छ ।

(५) केही गरेर भन्दा पनि कुरो बँग्याएर सफल भइने रहेछ राजनीतिमा
यो राजनीति भनेको केही गरेर भन्दा पनि कुरो बँग्याएर सफल भइने रहेछ । जस्तै, ओलीले बाहुनवादलाई राष्ट्रवादको भ्रम दिएर माहोल ल्याए । काँग्रेसले नि आफ्नो स्वार्थको लागि जागिर खुवाउन, पैसा कमाउन गरेको कामलाई विकास गर्न, सेवा गर्न गरेको भनेर कुरा बंग्याउदैछ । पैसा नआउने क्षेत्र, आफूलाई फाइदा नहुने ठाउँमा कौडी खर्च नगर्ने, जनाताको सेवामा आँखा चिम्लनेहरु नै विकास गरेको भनेर कुरा बंग्याउन्छन् ।

(६) सामन्ती सोचः जित्नेलाई मात्र भोट दिने बानी, हार भन्दा आत्मसमपर्पण खतरनाक
चुनावमा जित्नेलाई मात्र भोट दिनु पर्छ भन्ने मानसिकाताले धेरै काम गरेको पाइन्छ । ठूलो शक्ति या पार्टी सामु झुक्नु, ठूलोले थिचोमिचो गरे पनि जे गरे पनि ठीक भन्नु, सानो प्रति हिनताबोध गर्नु, या हिनाताबोध गराउनु सामन्ती चरित्र हो । यसले खराबलाई प्रश्रय दिन्छ । हार्नु भन्दा आत्मसमर्पण झन खतरनाक हो । ठूलोका सामु अब लडेर सकिँदैन भनेर आत्मसपर्पण गर्नु या गराउनु, सानोको माग लाई अर्घेल्याइँ भनेर प्रचार गर्नु सबै शक्तिको भक्ति या जंगल राज मात्र हो । जंगलमा मात्र सिंहले खरायोलाई खानु न्यायोचित मानिन्छ । परिवर्तन र समानाताका पक्षधरले कहिल्यै आत्मसमर्पण गर्नु हुँदैन ।

(७) राजनीति जित्नेको पेवा र हार्नेको सर्वनास हुने होइन
एउटा चुनाव जित्दैमा राजनीति जित्नेको पेवा र हार्नेको सर्वनाश हुने होइन । नत्र नेपालको राजनीति आजपर्यन्त २०१५ सालको चुनावमा बहुमत ल्याएको कांग्रेसको पोल्टामा रहिरहनुपर्ने थियो । पहिलो संविधान सभाको चुनावमा नराम्ररी धुलो चाटेको एमाले आजसम्ममा मास छर्न कतै गइसकेको हुनुपर्ने हो, तर त्यसो भएन । जनयुद्धकालमा माओवादीले चुनावमा भाग लिएन तर माओवादीको राजनीति सिद्धिएन, बरु नेपाली राजनीति माओवादीकै सेरोफेरोमा घुमिरह्यो । त्यसैले मुख्य कुरा जनाताको सेवा गर्न छोड्नु हुन्न । चुनावमा जित्ने भन्दा नि जनताको निस्वार्थ सेवा गर्ने र गराउन सक्ने नेता र पार्टी नै सफल नेता र सफल पार्टी हो ।

(८) जितें भन्नेहरुले भन्नु प¥योः मुक्ति, अधिकार र विकास खै ?
चुनाव जितेर के के हुने जस्तो सोच्नु नै गलत छ र, यस्तो गलत चेतना दिने नेता र पार्टी नै गलत छ । उत्पीडित जाति, वर्ग, क्षेत्र, समुदाय, लिङ्गको मुक्ति र अधिकार नै मुख्य हो । यसका लागि नयाँ जनवादी क्रान्ति मात्र विकल्प हो । विकासको कुरा गर्ने नै हो भने खानेपानी, बाटोघाटो, यातायात, उन्नत बिउबिजन, विकास, सिचाइँ, खोलानाला, फोहर, केहीको व्यवस्थापन गर्न नसक्नेले अरु कुरा के गर्नु ? केही वर्ष पहिलेसम्म तरकारी, खाद्यान्न लगायतमा आत्म निर्भर भएको देश आज किन पर निर्भर भयो ?

(९) लखपति–करोडपतिको चुनावः आधारभूत वर्गले चुनाव लड्न मुस्किल
पुँजीवादी चुनाव अत्यन्त महंगो र खर्चालु भएको छ । भोज भतेर, अधिक खर्चको अनुगमन, नियन्त्रण कसैले गर्दैन । त्यसैले लाखपति करोडपति बाहेक आधारभुत वर्गले चुनाव लड्न मुस्किल भएको छ । पुँजीवादी–पुँजीपति त्यो राक्षसको नाम हो, जसलाई नाफा बाहेक केही मतलब हुँदैन, जसको हृदय फलामले बनेको हुन्छ भने जस्तै चुनवमा गरेको खर्चा पछि भ्रष्टाचार, अनियमितता गरेरै जनातालाई शोषण गरेरै असुल उपर गराउने भएकोले जनाताअ चनाखो हुन आवश्यक छ ।

(१०) जनता तथा नेता बनाउन आवश्यक
राजतन्त्रमा मात्र राजा तथा प्रजा भनिन्थ्यो तर अव गणतन्त्र आइसकेको छ, त्यसैले अब जनता तथा नेता बनाउन आवश्यक छ । जनाता पनि सचेत र इमान्दार हुन प¥यो । काँग्रेस–एमालेले देश बेचेको कसलाई थाहा छैन ? अन्याय अत्याचार र दुर्दशा निम्त्याएको कसलाई थाहा छैन ? तर पनि भोट किन दिइराखेको ? सोच्ने बेला आएको छ । देशघाती, जनघाती, आत्मसमर्पणवादी, विभेदकारी र भ्रष्टाचारी संसदवादीलाई नहराई परिवर्तन र विकास सम्भव छैन ।