काठमाडाैं । प्रमुख दलहरुले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन आज संयुक्त छलफल गर्ने तयारी गरेका छन् । दिउँसो चारबजे सिंहदरबारमा बस्ने बैठकमा मुख्य दल र राजपा नेपालका शीर्षनेतालाई बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि सचिवालयले जनाएको छ ।

राजपालाई कसरी चुनावमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा हिजो प्रमुख चार दलबीच भएको छलफलमा राजपाले चुनावमा आउने लिखित प्रतिबद्धता जनाए चुनावपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउने विषयमा समझदारी भएको थियो ।

तर राजपाका शीर्ष नेताहरु आन्दोलनका लागि जिल्ला जाने तयारीमा रहेकाले वार्ता हुने–नहुने अन्यौल बढेको छ । राजपाका नेता मनिषकुमार सुमनले आफ्ना शीर्ष नेता आजै मधेस जाने भएकाले सरकारले आन्दोलन कमजोर पार्न वार्तामा बोलाएको बताए ।

संविधान संशोधन बिना चुनावमा जान नसकिने बताएको राजपाले दोस्रो चरणको निर्वाचन विथोल्नेगरी आन्दोलन थालेको छ । राजपालाई सहमतिमा ल्याउनका लागि निर्वाचनको मिति पटक–पटक सारिएपनि राजपा नेपाल चुनावप्रति सकरात्मक देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर