एजेन्सी । चीनको ‘बेल्ट एन्ड रोड फोरम’ मा सहभागी हुन भारतले गरेको अस्वीकारलाई चीनका सरकारी मिडियाले ‘घरेलु राजनीतिको तमाशाको हिस्सा’ भनेर व्यंग्य गरेका छन् ।
यसैगरी चिनियाँ सञ्चारमाध्यमले यसको उद्देश्य बेइजिङको बिशेष ध्यान तान्नका लागि दबाब बनाउनु रहेको समेत टिप्पणी गरेका छन् ।
ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘भारत अधिक सक्रियताबाट द्विपक्षीय सम्बन्धलाई आकार दिनसक्ने र भारतको ध्यानमाथि विशेष ध्यान देओस् भन्ने चाहन्छ । तर यो प्रकारले संवाद कायम हुदैन ।’ सो सम्पादकीयमा ओबिओआरप्रतिको आपत्तिलाई आंशिक रुपमा घरेलु राजनीतिको तमाशा भएको र चीनमाथि दबाब बनाउनका लागि यसो गरेको उल्लेख गरिएको छ ।
चिनियाँ सञ्चारमाध्यमले ओबिओआर सम्बन्धि सम्मेलनमा भारतको अनुपस्थितिले यसमा कुनै असर नपरेको समेत जनाएका छन् । भारत ५० अरब डलरको चीन, पाकिस्तान आर्थिक करिडोर योजनामाथि आफ्नो सम्प्रभुताको चिन्तालाइए लिएर ओबिओआर सामेल नभएको बताइएको छ । पाकिस्तान–चीन आर्थिक करिडोर पाकिस्तान प्रशासित कश्मीर हुँदै सञ्चालन गरिदैछ ।
भारत र पाकिस्तानबीच धेरै विषयमा असहमति रहेको उल्लेख गर्दै सो दैनिकले भनेको छ, ‘भारत आफैंलाई एक ठूलो शक्तिको रुपमा हेर्दछ भने चीनसँग धेरै असहमतिमा अभ्यस्त हुन आवश्यक छ र चीनसँग यी असहमतिलाई समाधान गर्ने प्रयास पनि गर्नुपर्छ । दुई ठूलो देश सबै विषयमा सम्झौतामा पुग्नु लगभग असम्भव पनि छ । यो कुरालाई चीन र अमेरिकाबीचका केही मतभेदले पनि पुष्टि गर्दछ ।’
यद्यपि चीन र अमेरिकाले सुचारु द्विपक्षीय सम्बन्ध कायम राखेका छन् । यसबाट भारतले सिक्नुपर्ने उसको भनाई छ । साथै विध्वंसक शक्ति भएका मानिसहरुसँग पनि सतर्क हुनुपर्ने चीनको भनाई छ । भारतको अनुपस्थितिका बाबजुद भएको सो सम्मेलनमा अमेरिका, जापान, दक्षिण कोरिया, युरोपेली, अफ्रिकीसहित २९ राष्ट्रको सहभागितामा भएको सो सम्मेलन सफल भएको चीनले जनाएको छ ।
यसैबीच, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले चिनियाँ राष्ट्रपतिले हालै प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड (ओबिओआर) परियोजना दक्षिणपूर्वी राष्ट्रको संगठन (आसियान) लाई निकै लाभकारी हुने दाबी गरेका छन् ।
आसियानका सबै सदस्य राष्ट्रलाई आर्थिक रुपमा एक ढिक्का हुन ओबोर नै प्रेरणाको श्रोत बन्ने उल्लेख गर्दै उनले विश्वब्यापी ब्यापारिक र बाणिज्य मैदानमा प्रवेश गरी समग्र आसियान क्षेत्रले यथेष्ट उपलब्धि प्राप्त गर्ने दिशामा ओबोर नै एक मात्र माध्यम भएकोमा आपूm विश्वस्त रहेको उनको भनाई थियो ।
चीनको राजधानी बेइजिङ्गमा सम्पन्न बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (ओबोर) सम्मेलनमा सहभागी स्वदेश फर्केकै दिन दक्षिणपूर्वी फिलिपिन्सको दाभाओ नगरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रोड्रिगोले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ओबिओआरले आसियान सदस्य राष्ट्रका गाह्र्यस्थ उत्पादनलाई बिस्तारित विश्व बजारसम्म पुग्न बाटो सहज पार्नेछ । अब आसियान राष्ट्रले आ–आफ्ना औद्योगिक उत्पादन जति बढाए पनि हुन्छ, बजारको खाँचो पर्ने छैन, केबल यस परियोजनाबाट अधिकतम लाभ मात्र लिन सक्नुपर्छ ।’