यसकारण देजमोको निर्वाचन उपयोगको रणनीति सफल, उम्मेदवारहरु विजयी

यसकारण देजमोको निर्वाचन उपयोगको रणनीति सफल, उम्मेदवारहरु विजयी

देशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आइतबार निर्वाचन सम्पन्न भएको छ । यसले चार महानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ वटा गाउँपालिका, २ हजार ५ सय ९८ वडामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु चयन हुनेछन् । यो निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले पार्टीको क्रान्तिकारी उपयोगको नीति अनुसार निर्वाचनमा भाग लिएको छ ।

यो निर्वाचनलाई क्रान्तिकारीहरुले जित र हारको प्रतिष्ठाको लडाई भन्दा पनि नेपाली जनवादी क्रान्तिलाई नयाँ आधारमा अघि बढाउनका लागि एउटा ठोस आधार तयार गर्ने अवसरका रुपमा उपयोग गरिएको अर्थमा लिनुपर्दछ । क्रान्तिकारी माओवादीले यो निर्वाचनलाई उपयोग गर्ने कार्यनीति बनाएपछि खासगरी दुई वटा पार्टीमा सबैभन्दा ठूलो छटपटाहट देखियो ।

पहिलो त संसदवादमा डुबेको माओवादी केन्द्रमा खैलाबैला मच्चियो र उनीहरुले यो उपयोगको नीतिलाई आफ्नो पार्टीको संसदीय यात्राकै रुपमा ब्याख्या गरेर आफूहरुकै बाटोमा आएको भ्रम फैलाउन खोज्यो । त्यो उसको पहिलो प्रचारबाजी असफल हुने देखेपछि क्रान्तिकारी माओवादीको निर्वाचन उपयोगको नीतिले सबै स्थानमा आफूहरुको मत काटिने अर्थमा बुझ्यो र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई फकाउने, किन्न खोज्ने, एउटै समिकरण बनाउने र धम्काएर बलपूर्वक पछि हटाउन खोज्यो ।

त्यसलाई क्रान्तिकारीहरुले विफल तुल्याइदिए र कतिपय स्थानमा क्रान्तिकारी माओवादीका विरुद्ध काँग्रेससँग गठबन्धन ग¥यो । यो कुनै एक स्थानको कुरा होइन, जहाँ उनीहरु प्रतिस्पर्धामा थिए र क्रान्तिकारी माओवादीको उम्मेदवारीले सच्चा देशभक्त, क्रान्तिकारी र परिवर्तनको पक्षमा रहेका मतदाताको भोट क्रान्तिकारीलाई आउने भएपछि उनीहरुमा छटपटाहट हुनु स्वभाविक थियो ।

अर्को सबैभन्दा ठूलो छटपटाहट क्रान्तिकारी माओवादीबाट फुटेर गएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई भयो । उसले क्रान्तिकारी माओवादीकाविरुद्ध सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म नै क्रान्तिकारी उपयोगको नीतिविरुद्ध प्रचारबाजी ग¥यो । यो उनीहरुको निर्वाचनप्रतिको क्रान्तिकारी दृष्टिकोण, यसलाई उपयोग गरेर अहिलेको सर्वसत्तावादी, फाँसीवादी दलीय प्रणालीविरुद्ध धावा बोल्नुपर्ने आवश्यकतामाथिको अल्पज्ञान हो ।

विप्लवको नेकपाले क्रान्तिकारी माओवादीमाथि जुन किसिमको धावा बोलेको छ यसले नेपालमा परिवर्तनका लागि संघर्षरत नेपाली जनता र क्रान्तिकारी पार्टीलाई दुःखी तुल्याएको छ भने संसदवादी र पुरानै सत्तालाई संस्थागत गर्नेहरुलाई खुसी बनाएको छ । साधारण आँखाले हेर्दा विप्लवको नेकपाको बहिस्कारको नीति देखिएपनि यसले क्रान्तिकारी तप्कालाई कमजोर बनाउन र फाँसीवादी व्यवस्थालाई बलियो बनाउन सहयोग पुगेको छ । पात्र र प्रवृत्ति फरक देखिएपनि अहिलेको माओवादी केन्द्र (माके) को यात्रा र विप्लवको नेकपाको यात्रा र उद्देश्य एउटै देखिन्छ ।
अब प्रश्न आउँछ कि क्रान्तिकारी माओवादीले किन निर्वाचनलाई उपयोग ग¥यो ? यसका निश्चित तर्क र उद्देश्यहरु थिए, जसमा क्रान्तिकारी माओवादी सफल भयो । निर्वाचन उपयोगका माध्यमबाट जनविरोधी संविधान र राज्यसत्ता तथा दलाल शक्तिहरुको भण्डाफोर, राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाललाई जनताको घरघरमा पु¥याउने, स्थानीय स्तरमा जसरी जनसम्पर्क टुटेको अवस्था थियो, त्यसलाई पुर्नस्थापित गर्ने, नेपालमा नयाँ जनवादी क्रान्तिलाई अघि बढाउनका लागि क्रान्तिकारीहरुलाई संगठित गर्ने उद्देश्यमा क्रान्तिकारी माओवादी सफल भएको छ । दोस्रो चरणको निर्वाचनमा समेत क्रान्तिकारीहरुले त्यसलाई सचेततापूर्वक प्रयोग गर्ने दिशामा जानुपर्छ र क्रान्तिकारीहरुलाई संगठित गर्ने नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुको अर्को विकल्प छैन ।

अब संक्षिप्तमा निर्वाचन परिणामको अवस्थालाई पनि यहाँ नियाल्नु आवश्यक छ । निर्वाचनअघिको अवस्थालाई हेर्दा क्रान्तिकारीहरुको अवस्था कमजोर नै छ । त्यसलाई हामीले यो वा त्यो अर्थमा मजबुतीको ट्याग लगाउनुपर्ने आवश्यकता थिएन र क्रान्तिकारीहरुले त्यसो गरेनन् पनि । तर निर्वाचनपछिको अवस्थामा क्रान्तिकारीहरु थप संगठित बन्ने अवस्थाको सिर्जना हुनेछ । संसदीय परिपाटी र प्रतिक्रियावादी राज्यसत्ताको छत्रछायाँमा हुने निर्वाचनको परिणाम क्रान्तिकारीहरुको पक्षमा विरलैमात्र आउने गर्दछ । त्यसैले यो निर्वाचनबाट पनि क्रान्तिकारीहरुले चौतर्फी विजयी पाउँछन् भन्ने आशा गरिएको होइन र त्यस्तो हुँदैन । तर जित्न प्रयत्न क्रान्तिकारीहरुले गर्नैपर्छ र हरेक मोर्चामा क्रान्तिकारीहरु अब्बल साबित हुनुपर्छ ।

यो निर्वाचनको परिणाम नयाँ तरिकाले आउने देखिएको छैन । यसले पुरानै प्रतिक्रियावादी र तिव्र रुपमा प्रतिक्रियावादतर्फ गइरहेको शक्तिले नै विजयी पाउने अवस्था देखिएको छ । यसले जसरी उनीहरुले सिंहदरवारको अधिकार गाउँमा पुगेको भ्रम फैलाइरहेका छन्, त्यसो नभएर सिंहदरवारको सिनो वरिपरी घुमेका भ्रष्ट, दलाल, फाँसीवादीहरु गाउँगाउँमा पुग्नेछन् । त्यसविरुद्ध खबरदारी गर्ने र जनतालाई गोलबन्ध गरी परिचालन गर्ने काम चाँहि क्रान्तिकारीहरुले मात्रै गर्न सक्छन् ।

यसले स्थानीय स्तरमा जनतालाई संगठित गर्न र क्रान्तिका लागि आधार तयार पार्न मद्दत पुग्नेछ । अर्को कुरा यो निर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाहेकका शक्तिलाई जनताले दिने मतलाई पनि आकलन गर्नुपर्छ । यो निर्वाचनले ति चारवटा बाहेक अन्य शक्तिलाई चयन गरे भने त्यो समाज अब संसदवादी दलका हर्कतको विकल्प खोजिरहेको छ भन्ने बुझ्नुपर्दछ । अहिलेको राष्ट्रघाती, दलाल चरित्रका विरुद्धको संघर्ष प्रमुख हो । प्रतिक्रियावादी व्यवस्थाभित्र हुने निर्वाचनको परिणामबाट क्रान्तिकारी असाध्यै खुसी र असाध्यै निराश हुनु आवश्यक छैन ।

अन्त्यमा नेपालको प्रजातन्त्र एउटा नमुना लोकतन्त्र हो । जहाँ प्रजातान्त्रिक मूल्यमान्यतालाई अबलम्बन गर्न कथित प्रजातन्त्रवादीले नै आवश्यक ठान्दैनन् । यो व्यवस्था प्रजातान्त्रिक नभएर निरंकुश र फाँसीवादी चरित्र हो । केही दलले यो देशलाई बाँडीचुडी खाने लुटतन्त्रको थलोका रुपमा परिणत गरेका छन् । आफूहरु बाहेक अरुले प्रतिस्पर्धा गर्न नपाउन र परिवर्तनका एजेन्डा भएका पार्टीले संसदीय व्यवस्थामा नै हामीलाई गुल्ट्याइदिन्छन् भनेर यिनीहरुले निर्वाचनमा भाग लिने शक्तिलाई निर्वाचन चिन्ह नै नदिएबाट पनि यिनीहरुको फाँसीवादी चरित्र प्रष्ट हुन्छ । अहिलेको निर्वाचनमा क्रान्तिकारी माओवादीको देजमोका उम्मेदवारले यो फाँसीवादविरुद्ध स्वतन्त्र चुनाव चिन्ह लिएर नै धावा बोलेका छन् । निर्वाचनका परिणाम जस्तो आएपनि यसले आम जनतालाई संगठित गरेर क्रान्तिको आधार तयार गर्नेछ । यसअर्थमा देजमोको निर्वाचन उपयोगको नीति सफल भएको छ र उम्मेदवारहरु विजयी बनेका छन् ।