एजेन्सी । अमेरिकी मिडिया रिपोर्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्ले यसै वर्षको फेब्रुअरीमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई रुस र उनको पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिनबीचको सम्बन्धको जाँच रोक्न आदेश दिएका थिए ।
मिडिया रिपोर्टसमा एफबीआईका पूर्व निर्देशकले एक मेमोलाई हवाला ट्रम्पले सो दबाब दिएको उल्लेख गरिएको छ । ह्वाइट हाउसले भने विज्ञप्ति जारी गर्दै यसलाई अस्वीकार गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले पटक पटक पटक फ्लिन राम्रो मान्छे हुन भन्नुभयो, जसले देशको सेवा र रक्षाको जिम्मेवारी सम्हाल्न सक्छन् । तर राष्ट्रपतिले जेम्स कोमीसँग जेम्स फ्लिन र अरु कसैमाथिको अनुसन्धान रोक्न भन्नु भएन ।’
ट्रम्पले गत साता फ्लिनलाई पदबाट हटाएका थिए । उनले कोमीले प्रभावकारी रुपमा एफबीआईको नेतृत्व नगरेको भन्दै पदबाट हटाएका थिए । कोमीले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नताको जाँच गरिरहेका थिए ।