२९ चैत, काठमाडौं । विश्व बैंकले १० अर्ब ७० करोड नेपालको वित्तीय क्षेत्र बिकासको लागि सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा मंगलबार भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र अर्थसचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सहयोग नेपालको वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न नेपालको मध्यावधिक पुनरसंरचना कार्यक्रमलाई सहयोग गर्न, बैंकिङ क्षेत्रमा रहेको संवेदनशीलता कम गर्न र पारदर्शीता वृद्धि गर्नका निमित्त प्रयोग हुँदै आएको छ ।
अर्थसचिव शान्तराज सुवेदीले हाल नेपालको राजस्वको उठ्तीदर सन्तोषजनक रहेपनि अहिले मुलुकको संरचना फेरिन लागेकोले सरकारको खर्च बढ्ने भएकोले यस्ता वित्तीय सहयोगको अपेक्षा रहेको बताए ।
यो सहयोग रकम खर्च गर्न विश्व बैंकबाट कुनै शर्त रहने छैन् । सन् २०१३ यता विश्व बैंकबाट सहयोग पाए यता वित्तीय क्षेत्र सुधारको लागि भएका कामहरुको पनि सुवेदीले चर्चा गरे ।