देजमो ललितपुर संयोजकमा निरञ्जन श्रेष्ठ

देजमो ललितपुर संयोजकमा निरञ्जन श्रेष्ठ

ललितपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ललितपुर जिल्ला भेलाले निरञ्जन श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । ललितपुरको कुपन्डोल कार्यालयमा सम्पन्न उक्त भेलाले विजय खड्गी, अर्जुनलाल श्रेष्ठ र जगदीश्वर महर्जनलाई सह–संयोजकमा चयन गरेको छ भने सदस्यहरुमा क्रमशः रोशन विसुङ्खे, अरुण केसी, विदुर चौलागाई, तिर्थ राई, रोमस श्रेष्ठ, अमित महर्जन, प्रेम डंगोल, अनिता घिमिरे, टीका राई, प्रमिला अमात्य, मधुकला राई, शोभा खडका, टेक बहादुर तामाङ, सुनिल महर्जन, दिनेश थापा, राजकुमार देउला, नानीबेटी महर्जन, दिपक विष्ट, निरण तुलाधर, निशा राई, श्याम प्रसाद तिमल्सिना, विनोद बराम, ललितजंग थापा, उत्तम राई, गोपाल थापा मगर लगायत रहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चाको उक्त भेला मोर्चाका केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य तथा नेवा राज्यका इन्चार्ज दिनेश शर्मा’सागर’को विशेष आतिथ्यतामा सम्पन्न भयो । भेलाले ललितपुरका विभिन्न गाउँ, नगर तथा महानगरपालिकामा स्थानीय जनताका जनजीविकाका मुद्दाहरुलाई अगाडि सार्दै जनघाती र राष्ट्रघाती तत्वहरुको भण्डाफोर गर्ने र सँगै संगठन विस्तार अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ । भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र राई, ललितपुर जिल्लाका इन्चार्ज तथा केस शिवराम यादव, सह– इन्चार्ज गोविन्द पौडेल, सेक्रेटरी श्याम केसी, देजमो केस इन्दिरा अधिकारीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।