‘चिनियाँ विशिष्टताको समाजवाद’बारे विचारगोष्ठी सम्पन्न

‘चिनियाँ विशिष्टताको समाजवाद’बारे विचारगोष्ठी सम्पन्न

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा ‘नेपाल अल्टरनेटिभ रिसर्च सोसाइटी (नार्स) र चाइना रिफर्म फोरम (सिआरएप्m) को संयुक्त आयोजनामा एक विचार गोष्ठी सम्पन्न भएको छ । चिनियाँ विशिष्टताको समाजवाद (सोसियलिज्म विथ चाइनिज क्यारेक्टरिस्टक्स) र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ दुई शीर्षकमा उक्त विचार गोष्ठी पहिलो र दोस्रो सेसन गरी सम्पन्न गरिएको थियो ।

पहिलो सेसन अन्तर्गतको चिनियाँ विशिष्टताको समाजवाद शीर्षक गोष्ठीमा मिस वाङ जिङले चिनियाँ विशिष्टताको समाजवादमाथि प्रकाश पार्दै चिनियाँ कम्युनिष्ट पार्टीले चीनको विशिष्टतामा माक्र्सवादको व्यवहारिक प्रयोग गरिरहेको कुरामा जोड दिइन् । चीनले नब्बे वर्षको लामो अनुभवबाट धेरै पाठहरु सिकेको र त्यसलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको भन्दै उनले चीनमा मजदूर वर्गको पार्टी रहेको र त्यसले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारामा आधारित समाजवादी कार्यदिशा अवलम्वन गर्दै अघि बढिरहेको बताइन् । उनले माक्र्सवादका आधारभूत सिद्धान्तहरु छाडेर कोही पनि समाजवादको दिशामा अघि बढ्न नसक्ने र चीनले पनि त्यस्ता विचारविहीन कुरामा विश्वास नै नराख्ने तर्कमा जोड दिइन् । चिनियाँ समाजवाद चिनियाँ विशिष्टतामा आजको माक्र्सवादको प्रयोग हो भन्दै मिस वाङ जिङले वर्गीय पक्षधरता, वैज्ञानिक समाजवाद, मजदुर वर्ग र समानताको सिद्धान्त जस्ता कुराहरुलाई चीनमा राम्रो गरी प्रयोग गरिएको बताइन् । उनले चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवादी विचार त्यागेर एकातिर कम्युनिष्ट पार्टीको सत्यानास र अर्कोतिर देशकै सत्यानास पार्न चाहदैन किनकि पूर्व रुसमा कम्युनिष्ट पार्टीको अन्त्य र सोभियत सङ्घको बिघटनबाट आफूहरुले गम्भीर शिक्षा लिएको कुरामा समेत जोड् दिइन् ।

यो कार्यपत्रमाथि प्रारम्भिक टिप्पणी गर्दै डा. महेश मास्केले चीनले लिएको बाटो समाजवादको बाटो भएको कुरामा जोड दिएका थिए । चीनले माओको राजनीतिक श्रेष्ठतासँगै देङको सिद्धान्तलाई जोडेर विकासको पथमा लम्किएको हो भन्दै डा. मास्केले वर्तमान विश्वव्यापीकरण र उदारीकरणको सापेक्षतामा चीनले केही पुँजीवादी मूल्यमान्यताहरुलाई पनि आत्मसात् गरेको तर्क अघि सारेका थिए । चीनले विचार र बजार अर्थतन्त्रलाई एकसाथ अघि बढाउन सफल भएको भन्दै उनले एक्काइसौं शताव्दीको पूर्वाद्र्धमा चीन दोस्रो विशाल अर्थतन्त्रका रुपमा उदाउनुमा यी दुई कुराहरु रहेको बताएका थिए ।

‘बेल्ट एण्ड रोड इनिसियटिभ’ शीर्षकको दोस्रो सेसनमा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तोता जियाङ हाइलोङले नेपाल–चीन सहसम्बन्धमाथि प्रकाश पार्दै बेल्ट एण्ड रोड इनिसियटिभले विकासका अवसरहरुलाई उजागर गर्ने, नेपाल–चीनबीचमा रहेको ऐतिहासिक आर्थिक सम्बन्धहरुलाई नवीकरण गर्ने, राजनीतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, आर्थिक विकासमा पारस्पारिक सहसम्बन्धलाई जोड दिने तथा नेपालमा रहेका प्राकृतिक स्रोतसाधनहरुको बहुउपयोगमा जोड दिइने कुरा बताए ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै प्रोफेसर पीताम्वर शर्माले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ले चिनियाँ विशिष्टताको समाजवादी रणनीतिको उद्घाटन गरेको कुरामा जोड दिएका थिए । चीन र भारत जस्ता दुई विशाल अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपालले बेल्ट तथा रोड इनिसियटिभबाट उत्तरतिर रहेको विशाल अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने मौका पाउनुको साथै लगानीको अवसर, पर्यावरणको संरक्षण, विविधताको संरक्षण, अन्तर्देशिय आवागमनको सुविधाका साथसाथै पर्यटन प्रवद्र्धन र चीन–भारतको व्यापारलाई समेत सहजीकरण गर्ने बताएका थिए ।

यी दुई शीर्षकमा अन्तरक्रिया हुनु अघि नेपालका लागि चिनियाँ राजदूत महामहिम यु होङले उपर्युक्त शीर्षकहरुमा आफ्नो मन्तव्य राखेका थिए । उनले माओत्सेतुङको राजनीतिक विजयलाई देङको सिद्धान्तले चीनलाई आजको अवस्थामा पु¥याएको कुरामा जोड दिएकी थिइन् । कार्यक्रम अवधिभर सिआरएफ सल्लाहकार परिषद्को अध्यक्ष लि जिङसियनले सम्बोधन अनुवाद गरेकी थिइन् ।