‘यतिबेला मलाई आफ्नो राजनीतिक जीवनका ३४ बर्से उकाली ओरालीको सम्झना गर्दा नेताहरू आफ्नो स्वार्थका लागि कति घृणित खेल खेल्दा रहेछन् भन्ने कुराले सताउने गरेको छ । मान्छेको मनै त हो भावना, सम्वेदानाका तन्तुहरू पनि हुन्छन् । यो संसदवादीहरूको फोहरी खेलले वाक्क दिक्क बनाउँछ । यति हुँदा पनि म आपूm सही छु भन्नेमा गर्वको महसुस हुन्छ ।’
नेपाली भाषा साहित्यमा एउटा उखान छ ‘फोहर खानु बाङ्गो मुख’ । यो र यस्ता उखान टुक्काहरू नेपाली साहित्यमा अनगिन्ति छन् । यस्ता उखान टुक्काहरू मानिसको जीवनमा प्रयोगसिद्ध भएर निकै खारिएर निर्माण भएका हुन् । नेपालको राजनीतिक व्यश्यावृत्तिका सन्दर्भमा यो उखान ठ्याक्कै लागू हुन्छ ।
जान वा अन्जान रूपमा राजनीतिमा प्रवेश गरेको पनि यतिखेर ३४ बर्स पुगेछ । जतिवेलादेखि राजनीतिमा पाइला टेकियो बामपन्थी राजनीतिमै टेकियो । किनकि पञ्चायती व्यवस्थाले मेरो पारिवारिक जीवनमै अन्याय गरेकाले पञ्चायती व्यवस्थाको पक्षमा लाग्ने कुरा थिएन । सुरुमा काङ्ग्रेसले मलाई छुँदै छोएन । पछि २०४२ सालमा पुनः दस कक्षमा पढ्दा हेडमास्टर र स्कुल व्यवस्थापन समितिका अध्यक्षसँग मेरो ठूलै झगडा प¥यो । उनीहरू दुबै कट्टर काङ्ग्रेस थिए । यसरी मेरो कम्युनिस्ट राजनीतितिरको धार बलियो गरि सोझियो । जतिबेला म कम्युनिस्टमा आवद्ध भएँ सुरुदेखिनै नेकपा मशालमा जोडिएँ र निरन्तर अहिलेसम्म कमरेड किरणलाई छोड्ने परिस्थिति सिर्जना भएको छैन । अब त मैले माक्र्सवादको आधारभूत शिक्षा जे पाएको छु म त्यसप्रति इमान्दार र प्रतिवद्ध नै छु ।
२०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा त सचेततापूर्वक नै लागियो राजनीतिमा । कलेजको विद्यार्थी जीवनमा राजनीति गर्दा यो देश त के संसारै आफ्नै पालामा परिवर्त गर्न सकिन्छ भन्ने जोस पलाउँथ्यो । पुलिसबाट कुटिँदा, लखेटिँदा र भूमिगत भएर सङ्गठनको काम गर्दा, बन्द हडतालका आन्दोलनहरूमा गिरफ्तारीमा परेर एकदुई रात र हप्तौँ हिरासतमा बस्दा पनि गर्वले छाती पूmलेर आउँथ्यो । मलाई जेल बस्ने अवसर त मिलेन तर पनि हिरासत त दर्जनौ पटक बसेको अनुभव छ । जनयुद्धको तयारी गर्दा थुप्रै सङ्घर्षमा सहभागी भइयो । तयारीका प्रशिक्षणमा प्रशिक्षण दिने आपूmले ठूलठूला नेता ठानेर आदर्श मानेका नेताहरू पनि साँच्चिकै युद्ध सुरु भएपछि बङ्ग्रङ्ग बङ्ग्रङ्ग ढले । ढल्दाढल्दै कोही डिप्रेसनको दवाई समेत खानुपर्ने अवस्थामा पुगे । कोही राजनीतिक कित्ता बदलेर विगतमा आपैmले छिःछिः र दूरदूर गरेर दूत्कारेका पार्टीको जुठो चाट्न पुगे । त्यो पनि थालको भए तै विसेक हुन्थ्यो, जुठेल्नामा मिल्काएको जुठो लपलपी चाटेर मुख मिठ्याउँदै ङिच्च परेर बसे । त्यतिबेला आपूmलाई धेरै तलको फुच्चे ठानिन्थ्यो । यद्यपि अहिले पनि ठूलो छु भन्ने धाकधक्कु लाउन खोजेको त होइन । तर राजनीतिमा यति धेरै घृणित खेल खेलिँदो रहेछ, मलाई अहिले सम्झँदै बान्ता आउन खोज्छ । संसदीय राजनीतिको फोहरी खेलका बारेमा सोच्दा मलाई अहिले पनि भैरव अर्यालको ब्यङ्ग्य निवन्ध जयभूँडीको एउटा निवन्धको याद आउँछ । ‘सोझा र सज्जन कबै नलिनू दलैमा, पार्टी चलाउनु सँधै छल औ बलैमा’ ।
नेपाली समाजको सांस्कृतिक चरित्र अहिले पनि सामन्तवादी हो भन्ने कुराको एउटै प्रमाण काफी छ भन्ने मलाई लाग्छ । त्यो हो शक्ति पूजा र नेतालाई भगवान ठान्ने प्रवृत्ति । आपूmलाई मन पर्दा नेतालाई दश हात उफ्रिएर देवत्वकरण गर्ने र मन नपर्दा बीस हात तल ओलेर राक्षसीकरण गर्न पनि पछि नपर्ने प्रवृत्ति नै सामन्तवादी प्रवृत्ति हो । ‘जस्को शक्ति उसैको भक्ति’ पनि नेपाली राजनीतिको अर्को सामन्तवादी प्रवृत्ति हो । यतिखेर यहि कुरा म नेपालको राजनीतिमा देखिरहेको छु । बुर्जुवा राजनीतिमा त यो नै त्यसको सौन्दर्य होला । यसलाई प्रजातन्त्र लोकतन्त्र भनेर गुणगान गाइन्छ । परन्तु यो प्रवृत्ति वाम राजनीतिमा पनि यति तीब्रतामा फैलिएको छ कि त्यसलाई पकड्न र आफ्नो क्षणिक स्वार्थ पूरा गर्न बाङ्गो मुख लगाएर फोहर खाने हतारो र होडबाजी चलिरहेको छ ।
जब युद्धका नायकहरू विचार, आदर्श, नैतिक मूल्यमान्यताबाट च्युत भएर स्खलित हुन पुग्छन् त्यतिबेला उनीहरू खलनायकमा बदलिन्छन् । नायकहरू खलनायकमा बदलिएपछि बास्तविक खलपात्रहरूले टाउको उठाउँदै आपूm नायक भएको स्वघोषणा गर्छन् र जनतामा ठूलो भ्रमको खेति गर्न पुग्छन् । बुर्जुवा राजनीतिमा त यस्ता पार्टी फेर्ने र अवसर छोप्दै शक्तिको पछि दौडने उठापट्की चलिरहन्छ । यहि खेती गरेर जनतालाई गुम्राहमा पारेर युगौँ शासन गरिरहन्छन् । अझ हाम्रो जस्तो सामन्तवादी संस्कृतिले हजारौँ माइलका जरा फिँजाएको समाजमा त कुनै वेला युरोपका मुलुकमा राजाहरूले स्वर्ग जाने टिकेट विक्री गरेझैँ पार्टीका टिकेट बेचेर राजनीतिको झोला भर्छन् ।
म यहाँ जनयुद्ध, त्यस यताका घटना र नेताहरूको चरित्र स्मरण गर्न गइरहेको छु । हामीलाई सपना देखाउँदा नेताहरूले जनयुद्धमार्फत् चीनमा जस्तै नयाँ जनवादी व्यवस्था स्थापना गर्ने बताएका थिए । थालनीको प्रशिक्षणमा चीनमा माओले चिङकाङसानलाई मात्र आधार बनाएर जनयुद्ध सुरु गरेका थिए, हामीले देशैभर एकैसाथ सुरु गर्छौं भनेका थिए । त्यसै गरियो पनि । जनयुद्धले एउटा उँचाइ प्राप्त गर्दागर्दै नायकहरूमा वैचारिक स्खलनताले छोयो । सिघ्र सत्तालाभको मोहले सतायो । बाबुराम त पहिलादेखि नै लोकतन्त्र भन्दा अगाडि बढ्ने सोचाइमै थिएनन् । जनयुद्धको मध्यतिरबाट आफ्नो विचारलाई पार्टीमा बहसको रूपमा अगाडि सारिसकेका थिए । त्यहि विषयमा उनलाई २०६१ माघ १८ को पिवि बैठकबाट कारबाही पनि गरियो । भोलिपल्ट माघ १९ गते ज्ञानेन्द्रले शाही काण्ड घटाएपछि तुरुन्तै प्रचण्डले रुकुमको लावाङबाट थवाङ हुँदै कुरेली आएर बाबुराम सामु आत्मसमर्पण गरे र तपाइँकै विचार सही रहेछ भन्न पुगे । केही समयपछि उनलाई भारत पठाइयो । भारतमा महराका साथमा बाबुरामले भारतीय सत्तापक्षमा कुरा पु¥याउने गरी एड डि मुनी र अरू ब्युरोक्र्याट्स मार्फत् प्रचण्ड पनि लोकतन्त्र मान्न तयार भएको कुरा गरियो । त्यसपछि चुनवाङ बैठक हुँदै कथित ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीति मार्फत् ज्ञानेन्द्रलाई गलाउने र तात्कालिन सात दललाई फकाउने रणनीति अपनाएर अभियान चलाइयो । जनमुक्ति सेना र हामी तल्लो तहका कार्यकर्ताहरूमा हो न हो अब केन्द्रीय सत्ता कब्जा गर्ने नै हो भन्ने भ्रम प¥यो, पारियोे । हामी सबै भ्रमको शिकार भयौँ । यथार्थमा प्रचण्ड बाबुरामले भारतीय सत्तापक्षसँग लोकतन्त्रमै सीमित रहने गरी सम्झौता गरिसकेका रहेछन् ।
जनयुद्धले नेता त थुप्रै जन्मायो । अहिलेसम्म हजारीलालका रूपमा विकसित भइरहेकै छन् । तर एउटा कुरा के स्पष्ट भयो भने यी नेता आफ्नो बुद्धि, बलबुता, विचारले योजना निर्माण गर्न सक्ने र सैद्धान्तिक बहस गर्न सक्ने स्तरमा उठेका रहेनछन् । जनयुद्धकै बेला सिसि, पिविमा पु¥याइएकाहरू पनि यिनको बुता भन्दा प्रचण्डले आफ्ना हनुमान बनाउने हिसाबमा नेता बनाएका रहेछन् । नत्र चुनवाङको कार्यदिशाका बारेमा एकजनाले पनि विरोध त परैको कुरा कम्तिमा सही गलतका विषयमा बहससम्म नगरी खुरुखुरु ल्याप्चे ठोकेर रमाउँदै किन निस्किए भन्ने प्रश्न मेरो मनमा उब्जन्छ । अझ कमिटीमा एक तह तल झरेकोमा प्रचण्डको भजन गाउँदै आफ्नो टाउकोमा आफैँ आगो लगायौँ भनेर सुगारटाई गर्दै हिँडे । त्यहि बैठकले कार्वाहीमा परेर पार्टी सदस्य मात्र भएका बाबुराम, हिसिला, दीनानाथहरूलाई कैयौँ तह माथि उकाल्यो । आपूmहरू एकतह तल झरेर आए । यस्ता थिए नेताहरू । हामी जस्ता भुइँका कार्यकर्ताहरूको त के कुरा भयो र ? वास्तवमा चुनवाङको कार्यदिशा बाबुरामको थियो । बाबुरामले प्रचण्डलाई छोडेर निस्कनुको कारण त विचार कार्यदिशा फरक भएर होइन । प्रचण्डको स्वेच्छाचारिता र नेतृत्व छोड्ने सङ्केत नै नदिएका कारण थियो । यही कुरा बादल, गुरुङ, विप्लवहरूको हकमा पनि रहेछ भन्ने कुरा प्रस्ट भयो । गुरुङ र विप्लवका बारेमा यी त मन्त्री नपाएर पार्टी फोडेका हुन भनेर थुप्रैले मसँग उनीहरूको आलोचना गर्दा मैले कडा प्रतिवाद गरेको छु । अहिले आएर गम खान्छु कि म पो अबुझ रहेछु । यो गल्ती हामी जस्ता धेरै कार्यकर्ताले ग¥यौँ । गुरुङलाई युरोपियनहरूबाट सञ्चालित भनेर आलोचना गर्छन् धेरैले । म के भन्छु भने उनी युरोपियनहरूबाट दीक्षित चाहिँ पक्कै हुन् । किनकि उनी वर्गीय भन्दा जातीय कुरा बढि उठाउने गर्छन् । उनी जातिवादी भएका छन् । उनले सङ्घीयताका बारेमा गर्ने बहस पनि माक्र्सवादी कोणको नभई सोसल डेमेक्र्याट टाइपको हुन्छ । यो युरोपियन मिसन नै हो भन्ने बुभ्mछु म अचेल ।
विप्लवले मसँगको बसाइमा सँधै प्रचण्डले धोका दिए भन्थे । तर चुनवाङको कार्यदिश गलत हो भनेर कहिल्यै भनेनन् । यतिखेर थवाङ महाधिवेसनमा त उनले पनि प्रचण्डकै लाइनको कार्यदिशा पास गरे । यसले के पुष्टि हुन्छ भने उनमा विचार र कार्यदिशा प्रतिको असहमति भन्दा आफ्नै जिल्लाबासीहरूसँगको प्रतिष्पर्धामा आपूmलाई प्रचण्डले पछाडि पारेकैमा चित्त दुखाई रहेछ । अहिले आएर आफैँ यो तथ्य पुष्टि गर्दैछन् । नत्र किरणलाई छोड्नु पर्ने कुनै कारण थिएन । वादलले त प्रचण्डले आपूmलाई लिनप्याओवादीको आरोप लगाएको रिस फेर्न मात्रै विद्रोह गरेका रहेछन् । क्रान्तिकारी भएर होइन रहेछ । यदि उनी विचारमा परिपक्क र सही मालेमावादी थिए भने हिटलरको राष्ट्रिय समाजवादको कार्यदिशा ल्याएर पार्टीमा पेश गर्ने नै थिएनन् । प्रचण्डको रिस फेर्न र आत्मरती लिन नै उनले लाल गद्दार, भारीय दलाल भनेर प्रचण्डको उछित्तो काढेका रहेछन् । प्रचण्डलाई चुनाव हराउन काङ्ग्रेसका नेतासँग लाखौँ पैसा खाएर मोवाइलबाट प्रचण्ड हराउन एसएमएस फैलाउने नेताहरूलाई काखी च्यापेर बसे । प्रचण्डका विरुद्धमा चर्को आलोचना गर्ने र उछित्तो काढ्नेहरू सबैभन्दा पहिला दस हात उफ्रिएर प्रचण्डसँग एकता नगरे संसारै डुब्छ भन्दै पार्टीमा उफ्रिए । नेता र कार्यदिशालाई हेर्ने बुझ्ने मामिलामा हामी अधिभूतवादी भएका रहेछौँ । किनकि नेताहरूका बारेमा एकको दुईमा विभाजन गरेर आलोचनात्मक रूपमा हेर्ने हाम्रो स्कूल नै भएन । नेताको हालत यस्तो भएपछि क्रान्ति अगाडि जाने कुरै थिएन । अहिले म हेर्छु प्रचण्डले बोल्ने कुरा र तल जिल्ला नेतृत्वले बोल्ने कुरा हुबहु फोटोकपी जस्तै हुन्छ । अलिकति पनि फरक पर्दैन । आफ्नोपन पनि हुँदैन । यस्ता यान्त्रिक नेता र कार्यकर्ता जन्मायो जनयुद्धले । यो सबै प्रचण्डको डिजाइन रहेछ । जनयुद्धमा तात्कालिक योजनागत प्रशिक्षण बाहेक अरू सैद्धान्तिक वैचारिक प्रशिक्षण नचलाउनु र पाठ्यक्रम नबनाउनुको तात्पर्य यस्तो रहेछ । अहिले प्रचण्ड पार्टीका हजारीलालहरूले सुगारटाइका रूपमा कण्ठ गरेको धारणा यस्तो छ ‘खारामा हामीले हा¥यौँ, जनयुद्ध लडिरहेको भए अहिलेसम्म हामी समाप्त भइसक्ने थियौँ, जाहाजको क्याप्टेनले आफ्नो अगाडि समुन्द्री पहाड देखेपछि त्यसलाई छल्न यु टर्न गर्छ र अगाडि बढ्छ, हामीले संविधानसभाबाट गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता प्राप्त ग¥यौँ अब यो उपलब्धीमा टेकेर समाजवादी क्रान्ति सम्पन्न गर्ने हो, किरणजी जड्शूत्रवादी हुनुभयो’ आदि इत्यादि । तिनीहरूले हामी र काङ्ग्रेस, एमाले र राप्रपाका बिचमा वर्गीय अन्तर छैन चाहिँ भन्दैनन् । जड्शूत्रवादको परिभाषा बुझेर भन्छन् कि नबुझेर भन्छन् मैले छेउटुप्पो पनि बुभ्mदैन । ती हजारीलालहरूको अहिलेको धन्दा जिविस, नगरपालिका, गाविसहरूका बैठकमा भत्ता पचाउने, स्थानीय बजेटमा आँखा लगाउने र सके ठेक्का आफ्ना मान्छेमा पार्ने नभए कमिसन खाने, बेलुका ठेकेदार, व्यापारी तस्करहरूसँग ककटेलमा रमाउने भएको छ । किनकि सित्तैमा पाए अलकत्रा चपाउने नेपाली संस्कृति नै हो क्यारे । यस्तो छ चालामाला ।
शान्ति प्रकृयामा आउनुको तात्पर्य विद्रोह गरी केन्द्रीय सत्ता कब्जा गर्नु थिएन भन्ने कुरा त आज आएर प्रचण्ड बाबुरामको राजनीतिले प्रमाणित गरिसकेको छ । प्रचण्ड बाबुराममा छद्म रूपमा लुकेको यो संसदवादी राजनीतिको घिनौना खेल बुझिसकेपछि हामीले कमरडे किरणको नेतृत्वमा पार्टीबाट सम्वन्ध विच्छेद गरि नयाँ पार्टी पुनर्गठन गरेका हौँ । यो कुरा सबैले जानेमानेको कुरा थियो । त्यतिबेला अन्तिम घडिमै भए पनि बादल हाम्रै साथमा आए भन्ने कुराले हामी सबैलाई खुसी तुल्याएको थियो । अब प्रचण्डलाई धक्का दिन सक्ने उनका समकालिन समकक्षी आएपछि किरण गौरवहरूको विचार, बादलको सङ्गठन र राजनीतिको मेल भयो भने पार्टी र आन्दोलनलाई फर्काउन सकिन्छ भन्ने विश्वास पलाएको थियो । त्यसमा विप्लवको तिक्ष्णपन र युवा जोसले हामी सबैलाई पुनर्ताजगी दिएको थियो र हौस्याएको थियो । हाम्रो यो पवित्र कल्पनामा पहिलो तुषारापात गरिदिए विप्लवले । त्यसको डेढ बर्स वित्दा नवित्दै वादल लगायतको आत्मसमर्पणवादी गुटले आन्दोलनलाई धक्का त दियो नै यसले जनतामा निकै ठूलो अविश्वासको रसातल बनाइदियो । अब क्रान्तिकारीहरूलाई आफ्नो पहिचान जनतामा दिएर फेरि क्रान्तिको उभार उठाउन समुन्द्रमा डुङ्गा लिएर पार गर्न खोजे जत्तिकै गाह«ो भएको महसुस हुन्छ ।
मलाई यतिवेला के महसुस भएको छ भने जनयुद्धका नायक भनिएका प्रचण्ड, बाबुराम, बादल, गुरुङ आदि शीर्ष नेताहरू शान्ति प्रकृयामार्फत् जनयुद्धको सेफल्याण्ड गरेर छिटो सत्ता प्राप्त गर्ने र त्यसैमा डुबुल्की मार्ने पक्षमा थिए । यो त आज अकाट्य तथ्य जस्तै बन्न पुगेको छ । उनीहरूका बिचमा भएको अन्तरविरोध त विचारको नभई भागबण्डा, इगो र जुङ्गाको लडाइँ मात्र रहेछ । नत्र भने प्रचण्डहरूबाट सम्वन्ध विच्छेद गरेर आउँदा उनलाई जसरी संसोधनवादी बाटो समाएको र संसदीय व्यवस्था अङ्गालेको भनियो त्यो त आरोप मात्र रहेछ । हामीले प्रचण्डमण्डलीबाट अलग हुँदा प्रचण्ड जुन ठाउँमा थिए आज झनै दिन प्रतिदिन कम्युनिस्ट सिद्धान्त, व्यवहार र राजनीतिबाट टाढा टाढा हुँदै छन् र अब काङ्ग्रेस, एमाले, राप्रपा र प्रचण्डको पार्टीमा कुनै वैचारिक भेद नै नदेखिन थालेको बेलामा उनलाई सच्एिको देख्दै बत्तीमा पुतली परेझैँ उनैको कोटरीमा एक पछि अर्को पात्र हाम्फाल्नुको अर्थ जनयुद्धले जन्माएका अधिकांस नेता कार्यकर्ता विचारबाट दीक्षित, वर्गीय लक्ष्य र आदर्शप्रति प्रतिवद्ध थिएनन् भन्ने महसुस हुन थालेको छ । त्यसैले यही संसदीय व्यवस्थामा डुबुल्की मार्नै थियो भने मुख बाङ्गो गराएर, कसैले देख्यो भने लाज हुन्छ भन्ने सोच्दै फोहर किन खानु प¥यो ? सिधै अगाडि फर्किएर सोझै मुख बनाएर हाम्रो स्पेशल आहारा भनेकै फोहर हो भन्दै खाए हुन्छ नि ।
परिवारका साथ लेखक दुःखी
यतिबेला मलाई आफ्नो राजनीतिक जीवनका ३४ बर्से उकाली ओरालीको सम्झना गर्दा नेताहरू आफ्नो स्वार्थका लागि कति घृणित खेल खेल्दा रहेछन् भन्ने कुराले सताउने गरेको छ । मान्छेको मनै त हो भावना, सम्वेदानाका तन्तुहरू पनि हुन्छन् । यो संसदवादीहरूको फोहरी खेलले वाक्क दिक्क बनाउँछ । यति हुँदा पनि म आपूm सही छु भन्नेमा गर्वको महसुस हुन्छ । म के कुरामा प्रतिवद्ध छु भने मलाई पैसा मात्र सब थोक हो भन्ने महसुस हुँदाको दिन राजनीतिलाई पेशा बनाएर धन कमाउने बाटो कदापी समाउने छैन । म बाजे बराजुको कुनै पैतृक सम्पत्ती नभएको बाबुआमाको चिया र खुद्रा पसलमा विसुद्ध सर्वहारा जीवनमा जन्मिएर हुर्के बढेको व्यक्ति हुँ, त्यहि पेसा मेरा लागि प्रिय हुनेछ । त्यहाँ कसैको गाली खानु पर्दैन र ढाँट्दै जनताका घरमा भोट माग्न जानु पनि पर्दैन । मैले बुझेको राजनीति सेवा हो म निरन्तर सेवामै समर्पित रहने छु ।
१२ चैत २०७३