चुनावमा भाग लिनका लागि महन्थ ठाकुरको यस्तो सर्त

चुनावमा भाग लिनका लागि महन्थ ठाकुरको यस्तो सर्त

विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गरे आफूहरु स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।

सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेपनि सहमति भइनसकेकाले निर्वाचनमा सहभागिताबारे अहिले नै केही भन्न नसक्ने बताएका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संसोधन नगरी निर्वाचन गरिए आफूहरुले निर्वाचन वहिष्कार गर्ने बताए ।

सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताए ।

तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान संसोधनबारे लिखित र मौखिक सहमति भन्दा पनि कार्यरुपमा नआएसम्म आफुहरु निर्वाचनमा सहभागी हुन नसक्ने उल्लेख गरे ।

सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफहरुको मागलाई सरकाले तत्काल सम्वोधन गर्नुपर्ने उनको भनाई थियो ।