छोरीलाई जागिर दिएको विवादपछि मन्त्रीले दिए राजिनामा

छोरीलाई जागिर दिएको विवादपछि मन्त्रीले दिए राजिनामा

एजेन्सी । फ्रान्सका गृहमन्त्री रुनो ल रुक्सले छोरीहरुलाई जागिर दिएको विवाद चर्किएपछि राजीनामा दिएका छन् ।

उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताएका छन् ।

रुक्सका छोरीहरुले अरु स्थानमा इन्टर्नसीपमा संलग्न हुँदाहुँदै पनि मन्त्रीको सहयोगीका रुपमा रकम बुझेको पाइएपछि विवाद भएको थियो ।

सन् २००९ देखि २०१६ बीच भएको ठानिएको सो कामका लागि राज्य कोषबाट ६० हजार डलर दिइएको थियो ।