काठमाडौं । ‘मैले पुरै जीवनमा सर्पको बारेमा अध्ययन गरे । जब म ६ वर्षको थिए तब मैले सर्प पालेको थिए ।’
स्टिभ लुडविनले भने, ‘म बच्चाअवस्थामा मियामी गएको थिए, जहाँ मैले बिल हास्टलाई देखे । उनी सर्पको बिष आफ्नो शरीरमा सुईबाट दिने गर्दथे । हास्ट मान्दथेकी बिषबाट शरीरलाई फाइदा हुन्छ । मलाई यो कुरा पर्यो । १७ वर्षको उमेरमा मैले पनि यस्तै गर्न सुरु गरे ।’
पछिल्लो ३० वर्षदेखि उनी पनि सर्पको बिष सुईको माध्यमबाट लिइरहेका छन् । स्टिभसँग केही सर्प रहेका छन्, तिनीहरुबाट नै उनले बिष निकालेर आफ्नो शरीरमा लगाउने गरेका छन् ।
यो विष उनले बीबीसीमा आएर सबैको अगाडि पनि सुईले दिए, यो हामोटक्सिन हो र यसले रेड ब्लड सेललाई नष्ट गर्दछ र अंगलाई नोक्सान पु¥याउँछ ।
स्टिभ पहिले बिषलाई आफ्नो छालामा राख्छन् र फेरि सुईबाट शरीरमा पठाउँछन् । डाक्टर ग्याब्रियल वेस्टनका अनुसार स्टिभ भाग्यमानी हुन् कि उनी जिवित छन् ।
डाक्टर ग्याब्रियल वेस्टनले आफ्नो रगतको नमुना लिएर त्यसमा हिमोटाक्सिन मिसाएमा के हुन्छ भनेर देखाएका छन् । उनका अनुसार केही सेकेन्डमा ने रगत एक प्रकारको जेलजस्तो बन्दछ । यो रगत तपाईको मुटुको धमनीमा पनि हुन्छ र बन्द गरिदिन्छ र मानिस मर्दछ ।
तर स्टिभ कसरी जिवित छन् ?
डा.ग्याब्रियल भन्छन्, ‘जसरी औषधीले हाम्रो शरीरमा काम गर्छ, यो पनि त्यस्तै हो । औषधीले हाम्रो शरीरमा कम स्तरमा बिष जम्मा गर्दछ । यो मात्रा शरीरलाई नोक्सानी पुर्याउने स्तरमा हुँदैन ताकि हाम्रो शरीरले एन्टीबडीका माध्यमबाट लड्न सकोस । एन्टीबडी बिष वा भाइरससँग लड्छ ।’
स्टिभले सुरुमा बिषको थोरै मात्रा लिन सुरु गरेका थिए । उनको शरीरले अलग अलग प्रकारको बिषलाई पहिचान गर्न सिक्यो र यसको जवाफमा अलग अलग एन्टीबडी बनाउन थाल्यो ।
जसरी मानिसलाई सर्पका बिषबाट बचाउनका लागि औषधी बनाउन शोध चलिरहेको छ । सर्पको बिष काट्ने एन्टीभेनम नामको औषधी उपलब्ध छ, तर संसारभरमा यसको धेरै अभाव रहेका छन् ।
डाक्टर वेस्टन भन्छन् कि यो औषधी घोडाकोरगतबाट लिएको एन्टीबडीबाट बन्दछ यसकारण मानिसमा प्रयोग खतरनाक छ । यसकारण वैज्ञानिक मानिसको रगतबाट बनेको एन्टीबडी बनाउन चाहन्छन्, जसका लागि स्टिभको रगत काममा आइरहेको छ ।
स्टिभ भन्छन्, ‘अब म खुसीले मर्न सक्छु कि मैले केही सकारात्मक गर्न सके ।’