काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्याधीवक्ताविरुद्ध गम्भीर आरोप लगाएका छन् ।
प्रधानमन्त्रीले आफू निकटका व्यक्तिलाई महान्याधीवक्ताको रुपमा नियुक्त गर्ने प्रचलन रहेअनुसार आफू प्रधानमन्त्री भएको समयमा आफ्नै कार्यकर्ता नियुक्त गरेका ओलीले वर्तनमा महान्याधीवक्तालाई भने अयोग्य रहेको आरोप लगाएका हुन् ।
ओलीले महान्यायधीवक्ता श्रेष्ठ ‘उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता’ का रुपमा प्रस्तुत भएको आरोप लगाएका हुन् ।
एमालेको मेची–महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महान्याधीयवक्ता श्रेष्ठको चर्को आलोचना गरेका हुन् ।
महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा बसेका श्रेष्ठले जथाभावी बोल्दै हिँडेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मेरो झगडियाले जित्दैन भने बहस नै गर्दिन भन्नु अनिष्ठको संकेत हो ।’
राप्रपा विधानमा रहेको हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्वाचन आयोगको कदमप्रति संकेत गर्दै एमाले अध्यक्ष ओलीले महान्यायाधिवक्ता श्रेष्ठमाथि आयोगलाई गलत सल्लाह दिएको आरोप लगाएका छन् ।
उनले महान्यायाधिवक्ता श्रेष्ठबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । गत फागुन २१ गतेदेखि मेची महाकाली अभियानको सुरुवात गरेको एमालेले मधेसी मोर्चाको विरोधका कारण केही जिल्लामा सभाको आयोजना गरेर अभियान समाप्तीको घोषणा गरेको थियो ।