भारतीय सुत्ने मामलामा पनि पछि, न्युजिल्यान्डका १ नम्बर

प्रकाशित मिति : २०७३ चैत्र ८

एजेन्सी । फिटनेश सोलुशन फर्म फिटबिटका अनुसार भारतका मानिस संसारमै निद्रा लिने विषयमा पछि रहेको तथ्य बाहिर आएको छ ।

भारतीउ एक सातमा औषत ६ टन्टा ५५ मिनेट मात्रै सुत्ने गर्छन । यो फर्मले १८ देशमा गरेको सर्वेक्षणबाट यस्तो पत्ता लागेको हो । भारतका मानिस सुत्नका मामलामा जापाभन्दा मात्रै अघि छन् ।

जापानका मानिसहरु औसतमा ६ घन्टा ३५ मिनेट मात्रै सुत्छन् । न्युजिल्यान्ड, बेलायत र अस्ट्रेलियाका मानिसहरु औसतमा सबैभन्दा बढी निद्रा लिन्छन् ।

यहाँका मानिसहरु रातमा क्रमशः ७ घन्टा २५ मिनेट, ७ घन्टा १६ मिनेट र ७ घन्टा १५ मिनेट औसत निधाउने गर्छन ।

फिटबिटले आफ्नो रिपोर्टमा भनेको छ, ‘सन् २०१६ को जनवरीदेखि डिसेम्बर सम्म संकलन गरिएको तथ्यांकका आधारमा यो रिपोर्ट तयार गरिएको हो । यो रिपोर्ट दक्षिण एसियाका मानिसहरु अमेरिका र युरोपका मानिसको तुलनामा कम सुत्ने प्रमाणित हुन्छ ।’