जापानको घट्दो जनसंख्याका कारण यसरी हुनेछ कुनै दिन खाली

जापानको घट्दो जनसंख्याका कारण यसरी हुनेछ कुनै दिन खाली

एजेन्सी । जापानमा जनसंख्याको घट्दोदर कायम रहने हो भने कुनै दिन एक जनामात्रै हुने तथ्य बाहिर आएको छ ।

जापानीहरुमा परिवार र सन्तान उत्पादनमा बढ्दो नैराश्यताको विश्लेषणसहित यस्तो निश्कर्ष निकालिएको हो ।

तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निश्कर्षपछि डुम्जडे क्लक (प्रलयको दिनको अन्दाज लगाउने घडी) बनाएका छन् ।

यसका अनुसार जापानमा वर्तमान ‘यौन संकट’ को अर्थ हो कि १६ अगस्ट ३७६६ मा जापानमा केबल १ जना मात्रै मान्छे हुनेछन् ।

यो अनुमान देशमा घट्दो प्रजननदर र वृद्धको जनसंख्यामा आधारित छ । बेलायतमा समेत सन् १९२० को दशकको पीढीको तुलनामा लाखौं मानिसमा यौन सम्बन्ध कायम गर्ने दरमा धेरै कमी आएको छ ।

अहिलेको जापानको स्थिति आफैंमा भयाबह हो । जापानमा फेमिली प्लानिङ एशोसिएसनको सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका ४५ प्रतिशत जापानी महिलालाई यौन सम्बन्धमा कुनै इच्छा नभएको पाइएको जनाएको छ ।

एक तिहाईभन्दा बढी पुरुषसमेत यसमा सहमत छन् । तोहोकु विश्वविद्यालयका शोधकर्ताले यसलाई धेरै गम्भीर अवस्था भनेका छन् ।

बेलायतमा पनि यौन सम्बन्ध र सन्तान उत्पादनको दरलाई बढावा दिनका लागि डेटिङ एप्सको सुरुवात गरिएपनि बेलायती युवा पुस्तामा त्यसको सकारात्मक असर कम देखिएको छ ।

यौन सम्बन्धमा अत्याधिक कमी आउनुमा अत्याधिक इन्टरनेटको प्रयोग पनि हो । जापानमा कम यौन सम्बन्ध हुनुका कारणहरु :-

१. जापानी काममा धेरै समय खर्च गर्छन । कामका कारण उनीहरु यति थकित हुन्छन् कि उनीहरुको प्राथमिकतामा पर्दैन ।

२. औषत जापानी पुरुषले एक सातामा ८० घन्टा काम गर्छन ।

३. धेरैजसो महिलाहरुले उनीहरुको करियर र गृहस्थीबीचमा एक छान्नुपर्यो भने उनीहरुको प्राथमिकतामा परिवार बसाउने कुरा धेरै कम मात्र पर्छ ।

४. यदि मानिसहरुले युवालाई सेक्स, ड्रग्सलगायतले बढी आकर्षित गर्छ भन्छन् भने त्यो जापानी युवाको हकमा लागु हुँदैन ।