एजेन्सी । वैज्ञानिकले पुरुषको शुक्राणु तमाम बाधाहरुलाई चुनौती दिएर महिलाको गर्भाशय सम्म पुग्ने प्रक्रियालाई उजागर गरेका छन् ।
वैज्ञानिहरुले धेरै हदसम्म शुक्राणु अन्डाणुसम्म पुग्ने कुरालाई उसको भाग्यमा भर पर्ने बताएका छन् ।
बेलायत र जापानका वैज्ञानिकले शुक्राणुको अघिल्लो र पछिल्लो भागको व्यवहारको तौर तरिका चुम्बकीय क्षेत्रलाई परिक्रमा गरेजस्तै हुने पत्ता लगाएका छन् । यसले सबै स्त्रीको अन्डाणुमा पुग्नका लागि सहयोग गर्दछ ।
वैज्ञानिकका अनुसार यो जान्नु महत्वपूर्ण हुनेछ कि आखिर किन कुनै शुक्राणु आफ्नो यात्रामा सफल हुन्छ र कुनै ढोकासम्म पनि पुग्न सक्दैन । यसबाट बाबु बन्न नसक्ने पुरुषको उपचारमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
जब कुनै पुरुष र महिलाबीच यौन सम्बन्ध कायम हुन्छ, त्यसबेला करोडौं शुक्राणु एउटा अन्डाणुसँग मिल्नका लागि यात्रामा निस्कन्छन् । यसरी निस्कने करोडौं शुक्राणुमध्ये कुनै दशमात्रै आन्तिम विन्दुमा पुग्छन् र विजेता केवल एउटा मात्रै हुन्छ ।
यो रिसर्च पेपरका लेखक डाक्टर हर्मीज गाडेल्हाले शुक्राणुको यो यात्रा असाध्ये जोखिमपूर्ण हुने जनाएका छन् । युनिभरसिटी अफ यर्कमा अप्लाइड म्याथ बढाउने डाक्टर गाडेल्हा भन्छन्, ‘हरेक वटक जब कसैले मलाई बच्चा भयो भन्छ, तब म सोच्दछु कि संसारको सबैभन्दा ठूलो चमत्कार भयो । तर यो कुरा सबैले बुझ्दैन ।’
आफ्नो वरिपरी रहेको तरलको बीचमा बाटो बनाउँदै शुक्राणुको संघर्षलाई डाक्टर गाडेल्हाको टिमले बुझ्ने कोशिस गरेको हो । डाक्टर गाडेल्हाले भने, ‘हामीले पायौं कि यसको सीधा गणितीय सुत्र हो ।’
साइन्स जर्नल फिजिकल रिभ्यु लेटर्समा रिसर्च पेपर प्रकाशित भएको छ । अब उनी शुक्राणुको संख्या पत्ता लगाउन चाहन्छन् ।