‘नेपाली राष्ट्रियता र राष्ट्रिय शहीद गोविन्द गौतम’

‘नेपाली राष्ट्रियता र राष्ट्रिय शहीद गोविन्द गौतम’

राष्ट्रियताको नारा लगाउनु र व्यवहारमा त्यसलाई उतार्नु फरक कुरा हो । नेपालीहरुको राष्ट्रियता यति गहिरो छ कि त्यसलाई कसैले आँकलन नै गर्न सक्दैन ।

संसारमा घाम नअस्ताउने साम्राज्यवादी वेलायतलाई समेत हराएको इतिहास बोकेको नेपालको राष्ट्रिय भावना बेलायती साम्राज्यवादी बुटमुनी कुल्चिर दुईसय वर्षसम्म दास बनेकाहरुले कसरी बझून् र ? हाम्रा पुर्खाहरुले अत्याधुनिक तोप गोला र बन्दुक जस्ता उच्च प्रविधिका हतियारविरुद्ध घरेलु हतियार, कमसल प्रविधि, भाला, घुएत्रो, ढुंगाको भरमा साम्राज्यवादलाई हराएको इतिहास छ ।

आज पनि नेपाली इतिहासका विद्यार्थीहरु, जसले नेपालको सामान्य इतिहासको जानकारी राख्दछन्, लाई नालापानी, जीतगढी, सिन्धुलीगढी जीब्रोको टुप्पोमा झुण्डिएको छ, जहाँ महिला केटाकेटीले पानी पनि नखाई वेलायती साम्राज्यवादको कमाण्ड गरेको जर्नेल जीलेस्पीलाई मारेका थिए नालापानीमा ।

कप्तान उजीर सिंहको नेतृत्वमा नेपाली पक्षले बुटवल कब्जा गर्न आएको वेलायती टुकडीलाई हराएर लखेटेको थियो र हालसम्म पनि बुटवल नजिकै जीतगढी नामले प्रख्यात छ । कप्तान किनलोकको नेतृत्वमा आएको अत्याधुनिक हतियारसहितको फौजलाई सिन्धुलीगढीमा ढुङ्गामुढा, सिस्नो, अल्लो र अरिंगाल प्रयोग गरेर धोती न टोपी बनाएर लखेटेका थिए । ती जम्मै हतियार खासेर अहिलेसम्म पनि नेपाली सेनाको ब्यारेकमा सजाएर राखिएको हामीले देख्दछौं ।

यस्ता वीर नेपालीको इतिहासलाई कसैले खेलाँची गर्छ भने पौने तीन करोड नेपाली जनता फेरि जुर्मुराएर उठे भने सबै सेनामा परिणत हुनेछन् र संसारको कुनै पनितागतले नेपालीलाई हराउन सक्ने छैन । त्यस्ता वीरपूर्खाको रगतका सन्तान नेपालीहरुको एउटा दब्वु कायर र साम्राज्यवादी समान उपभोग गर्ने आदतका दास बनेकाहरु यदाकदा चियाचौतारी र अनौपचारिक छलफलमा ‘बरु बेलायतले लिईदिएको भए हामी विकसित र सुखी हुने थियौं, ०२७, ०४५ र ०७२ सालमा भारतले लगाएको नाकाबन्दीका कारण भएको क्षतिबाट अत्तालिदै बरु भारतमै मिसिएत यस्तो हुने थिएन’ भन्नसम्म भ्याउँछन् । यस्ता राष्ट्रघाती विचार लिनेहरु ‘हाम्रा वाबु–बाजेको भाषामा गर्भमै तुहिएको भए राम्रो हुने थियो’ भनेर हरेक देशभक्तहरुले दुत्कार्नु पर्छ ।

राष्ट्रियताको मामला अति संवेदनशील मामला हो । नेपाललाई आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रुपले शेष भारतबाट अलग नगराउने भनेर घोषणापत्र लेखेर गठन भएको नेपाली कांग्रेसका नेताहरु समेत ‘राष्ट्रवादी’ भएर मर्न बाध्य भए नेपालीहरुको राष्ट्रवादी चेतको कारण । नेपाली वामपन्थीहरुको इतिहास, राष्ट्रियताकै कारण विकास भएको कुरा हामी सबैले सहजै अनुभूत गर्न सक्छौं । नेपालको अहित र भारतको हितमा भएका असमान सम्झौताका कारण नेपालका पार्टीहरु र नेताहरु बदमान छन् ।

कोशी, गण्डकी र महाकाली बाँधमा उभिएर हेर्ने नेपालीको मन रुन्छ । डुवान, कटान जति नेपालतिर, पानी जति भारततिर जसरी कोइराला खलकका एउटै बावुका तीन प्रधानमन्त्री भएर गिनिजबुकमा नाम लेखेका प्रचार गरिन्छ, ठीक त्यस्को कोशी सम्झौता गर्ने मातृका गण्डकी असमान सम्झौता गर्ने वी.पी. र पहिला टनकपुर सम्झौता गर्ने गिरिजा र पछि सिंगै महाकाली सम्झौता गर्ने एमाले समेत बदनाम छन् नेपाली इतिहासमा ।

हामीले देखेका छौ सिंगै पौने तीन करोड नेपालीलाई पीडा र दुःख दिने र चिढ््याउन तयार हुने भारतीय विस्तारवादले भित्र–भित्र कति दवाव दिंदो हो सत्तामा/सरकारमा बस्नेलाई, त्यो हामीले अनुभूत गर्न सक्छौ । नेपालमा स्पष्ट दुई धारा छन् एउटा देशभक्तको धारा अर्को दलालीको धारा । संविधान कानुनले नछेक्ने त्यहि सोनिया गान्धी भारतको प्रधानमन्त्री बन्न सक्तिनन्, भारतीय राष्ट्रियताको चेतले इटली चेली भएकै कारण । हाम्रो देशमा भारतीय चेली अंगीकृत नागरिकता संवैधानिक निकाय मन्त्री परिषद्को सदस्य शान्तिमन्त्री हँुदा सीतादेवी यादवको बारेमा समीक्षा समेत हुँदैन ।

नेपालमा यस्ता पनि पार्टी छन्, जो नेपालीहरुको हितमा होइन भारतीय नागरिकको हितमा संवैधानिक निकायका प्रमुख हुन पाउनुपर्छ भनेर आन्दोलन गर्छन्, संवैधानिक निकायका सदस्यत छँदैछन्, सांसद, मन्त्री र अरु कतिपय पदमा त्यो पनि हामीलाई पाच्य हुने हामी कस्ता भएका छौं ? सत्तामा हुँदा भारतीय विस्तारवादको दलाली गर्ने र सरकार र सत्ताको बाहिर हुँदा राष्ट्रियताको कुरा गर्ने यो दोधारे नीति लामो समयदेखि नेपाली राजनीतिमा देखिदै आएको छ ।

अहिले के.पी. ओलीलाई नेपाली जनताले शंकाको लाभ दिएका छन् । पश्चिमबाट घाम झुल्किन्छ १ खरब बीस अरब बार्षिक आम्दानी नेपालले पाउँछ भनेर आफ्नो पार्टी फुट्ने सर्तमा समेत महाकाली सन्धि गर्ने ओलीको सरकार सत्तामा रहँदा २००७ सालदेखि कुनै पनि सरकारले गर्न नसकेको र नचाहेको छिमेकी चीनसँगको व्यापार र पारबहन सन्धि गरेको र त्यही कारण हालको सरकारी पक्ष भारतीय विस्तारवादीसँग लम्पसार परेर सरकार परिवर्तन गरेको आरोप नेपाली जनताले लगाएका छन् ।

हिजो देशभक्त नेपाली जनताको मन जित्न विस्तारवादसँग लड्न सुरुङ युद्धको धमास लगाउनेहरु अहिले विस्तारवादको अगाडि लम्पसार परेको देख्दा तीनचित खाएका छन्, नेपाली देशभक्त जनताहरुले । संसारका दई सयभन्दा बढी देश रहेको अवस्थामा देशको राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता, स्वाधीनता जस्ता कुरा सानो र ठुलो हुँदैन, सबै देशको बराबरी हुन्छ । एउटा भनाई छ ‘तिमी अरुबाट कस्तो व्यवहार चाहान्छौ, तिमी पनि अरुलाई त्यस्तै व्यवहार गर’ नेकपा (क्रान्तिकारी माओवादी) को चीनको राज्यसत्तासँग सैद्धान्तिक सहमति छैन । एकथरी भारतीय विस्तारवादले आफ्नो दलाली ढाकछोप गर्न चीनको दोष देखाउन रौंचीरा दर्शन खोज्दै हिडेका छन् । कसैको पनि विरोध वा समर्थन उसको गुण दोषको आधारमा गरिन्छ ।

हिजो तिब्बतसँग नेपालको लडाईं हुँदा चिनियाँ फौज नेपालको रसुवा जिल्लाको वेत्रावतीसम्म आएकै हो । नेपालीहरुले त्यति बेला चीनको साम्राज्यवादी नीतिको विरोध गरेकै हुन् र चीनीयाँ सेनालाई लखेटेर केरुङसम्म पुर्याएर रसुवागढी सीमा कायम गराएकै हुन् । महान् लेनिनले भन्नु भएको कुरा ‘पूँजीवादको चरम अवस्था भनेको साम्राज्यवाद हो’ चीनले भविष्यमा त्यस्तो नीति लियो भने नेपाली जनताले विरोध गर्ने नै छन् । आजसम्म १९४९ को नयाँ जनवादी चीन र १९५६ देखिको समाजवादी चीनले नेपालको सार्वभौमिक सत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनताको उच्च सम्मान गरेको छ ।

‘सगरमाथा नेपालको हो’ भन्ने देखि लिएर महान् माओ नेपाल चीनभन्दा सानो छ, हामीले सानो देश नेपालको मन दुखाउनु हँुदैन, चीनको अलिकति भु–भाग बरु नेपालतिर गएर केहि फरक पर्दैन नेपालको अलिकति भु–भाग चीनतिर पर्नु हँुदैन’ भन्ने कुराले चीनलाई नेपालले असल छिमेकी मित्र भनेको हो । चीनको स्पष्ट नीति के छ भने चीनियाँ कम्युनिष्ट पार्टीको सरकार भएपनि पार्टी–पार्टी सम्पर्क एउटा कुरा हो सरकार–सरकारको सम्बन्ध अर्को कुरा हो । २०१७ साल असारमा चीनले नेपालको भू–भागमा पसेर मुस्ताङको कोरलामा १ जनाको हत्या गरेको र केही मानिसलाई गिरफ्तार गरेको घटनामा पूँजीवादी नेपाली कांग्रेसको सरकारमा प्रधानमन्त्री वी.पी. कोइरालाले विरोध गर्ना साथ तुरुन्त गल्ली भयो भनेर मृतकको क्षतिपुर्ति स्वरुप ५० हजार (हालको मुल्यअनुसार झण्डै १ अरब भन्दा बढी हुन्छ) दिएर गिरफ्तारलाई रिहाई गरेर ठुलो छाति प्रदर्शन गरेको थियो ।

पूँजीवादी सरकार भनेर उसले कुनै सिद्धान्तको हठ प्रदर्शन गरेन १९७६ मा माओको मृत्युपछि चीनमा पूँजीवादको पुनस्र्थापना भयो तर चीनले अहिले पनि आफुलाई ‘चीनीयाँ विशेषता युक्त समाजवाद भन्छ’ । त्यहि आफुलाई समाजवादी भन्ने चीनले नेपालको पूँजीवादी पार्टीका नेता विश्वेश्वर प्रसाद कोइरालाको नाममा वी.पी. कोइराला व्यानर हस्पीटल भरतपुर चितवन खोलिदियो । चीनको गल्ती कमजोरी खोज्दै हिड्ने कांग्रेसका भारत परस्त कार्यकर्ता सयो खोजे झै खोज्दै हिंड्दा पनि नपाउदा हैरान भएका छन् ।

एक पट्टीको छिमेकी यस्तो छ अर्को पट्टिको छिमेकि १ किलो चिनी, साबुन, जीरा, मरिच लिएर नेपाल आउने नागरिकलाई १ रुपैयाँ पनि घुस माग्छ बोर्ड र सुरक्षा पुलिसले र नदिरा कटवासका लौरालै दैनिक पिट्छ सीमनाका पिल्लर दिनादिन गायब पार्छ, बाटो भन्दै आठ किलो मिटरभित्र कुनै पनि विवादस्पद संरचना निर्माण नगर्ने, संयुक्त राष्ट्र संघको बडा पत्र र अन्तर्राष्ट्रिय नियमलाई मिच्दै पूर्व–पश्चिम बाँध सिमानामै जोडेर नेपालकै गिटी ढुंगा, वालुवा प्रयोग गरेर नदी जडान कार्यक्रम लागु गरिरहेको छ । लक्ष्मणपुर बाँध खुर्दलोटन बाँध, तीलाठी वाँध जस्ता वाँध वाधेर नेपाली भु–भाग डुवानमा परिरहेको छ ।

यसैको पछिल्लो कडि नेपालभित्र बनाएको कलभर्टलाई निहुँ बनाएर कंचनपुरका होनहार देशभक्त युवा गोविन्द गौतमको नेपाली भुभागमै पसेर भारतीय सीमा रक्षक पुलिसले गोली चलाएर हत्या गरेको छ । यसले भारतीयहरुको विस्तारवादी हस्तक्षेपलाई झन ह्वातै बढाएको छ । ‘अझ जो चोर उसैको ठुलो स्वर’ भने झै भारतीय दुतावसले ‘हामीले होइन गोली हानेको’ भनेर वक्तव्यको नाटक रच्दछ । यसले अन्तर्राष्ट्रिय रुपमा समेत भारतलाई ढुटुवा प्रमाणित गरेको छ । हामी नेपालीहरुको माग त भारतीयहरुले क्षमा याचना गर्नुपर्छ, क्षतिपुर्ति दिन पर्दछ र अव आइन्दा यस किसिमको घटना नदोहो¥याउने वाचा कवुल गर्नुपर्दछ । यो हामीले माग गरिरहनु पर्ने विषय होइन । भारतले एउटा असल छिमेकि नगुमाउन २४ घण्टा नबिभ्दै आफैले जानेर गर्ने विषय हो ।

भारतले यसो गरिहाल्दा पनि उसको विगत देखि समग्र इतिहासलाई जोडेर हेर्दा आत्मै देखि गरेको हो भनेर नेपाली जनता तयार छैनन् यो त आहारा खानु भन्दा अगाडी गोहीको आशु ठान्ने छन्, जब सम्म उसले विगतका कमजोरी प्रति आत्मालोचना गर्दैन र भविष्यमा लामो समय सम्म यस किसिमका हर्कत दोहो¥याउदैन । वेलायतको दास बनेर बसेको भारतले आफुलाई बेस्सरी दयन गरेको शासुको बदला शासु मरेपछि बुहारी ल्याएर दमन गरेर पीडा क मगर्ने वा बिर्सने गर्दछन् रे भने झै भारतले पनि वेलायतको साम्राज्यवादी पीडा साम्राज्यवादकै विरासत बोकेर विस्तारवादी नीति नेपाल र छिमेकी देशहरु प्रति लागु गरेर बिर्सन खोज्दै छ ।

यो घटनालाई हामीले सामान्य रुपमा लिनु हुँदैन, नेपाल र संसारभर बस्ने नपालीहरुले समयमै यो घटनाको बुलन्द विरोध नगर्ने हो भने काठमाडौंमै हतियारसहित आएर नेपाली नागरिकलाई धावा बोल्ने र जेलभित्रै अनिस अन्सारीलाई मार्न पठाउने भारतले भोलि सजिलै शिकार बनाउन सक्छ । साम्राज्यवादी वेलायत संग लडेर सहिदको उच्च कोटीमा नेपालको नाम लेखाउन सफल भक्ति थापा लगायतका वीरहरुको वीरताको सुचीमा नाम लेखाउन सफल गोविन्द गौतम प्रति हार्दिक श्रद्धान्जली, शोक सन्तप्त परिवारप्रति समवेदना । भारतीय विस्तारवादप्रति लडेर सहादत प्राप्त गर्ने बहादुर नेपाली आमाका सन्तान गोविन्द गौतम नेपाली राष्ट्रिय नायक बनेर नेपालीहरुको मन मनमा अजर अमर भएर रहिरहने छन् ।