नेपाली जनताले राज्यबाट धेरै ठूला ठूला आशा अपेक्षा भरोसा परिबर्तन शुसासनको लागि दर्जनौ पटक संघर्ष गरे रगतको खोलो बगाए ।परिबर्तनका लागि आवाज उठाउँने नेतृत्वको पक्षमा र शुरक्षाको बिषयमा आफु मरेर सन्तान मराएर जे जस्तो बलिदानीको आबश्यक पर्छ । त्यसको लागि कहिल्यै कुनै प्रकारको कमि हुन दिएनन ।नेतृत्व ले बोलेका प्रत्यक शब्दको र्निदेशन लाइ अक्षरस पालना गरे । त्यति मात्र नभै आफु र आफना सन्तान भोकै राखेर भुइमा सुतेर नेतृत्वलाइ कुनै कुराको असुबिधा नहुने गरिको ब्यबस्थापन गरे ।जनताले नेतृत्व पार्टी क्रान्तिको पक्षमा गृहस्थ जीवन गुमाए शिक्षा स्वास्थ्य आफनो सन्तानको भविष्य समाप्त पारे ।सस्कृतिको नाममा जीवनमा कमाएका पुर्खाको रगत संग साटिएका अमूल्य गर गहना सम्पत्ति पार्टी करण गरे । अहिले सम्म पार्टी क्रान्ति विचार दर्शन देश जनताको परिबर्तन भन्दै लागेका योद्धाहरु कहाँ कस्तो अबस्थामा छन कसैले खोज गुहार पनि गर्दैनन ?कति जा दिन आ काल भन्दै कोलाहल गर्दै थाङने ओच्छयानमा काल पर्खि रहेका छन । काहि कतै मेरा ति बेपत्ता हराएका कलिला सन्तान कतै छन की ?आउछन की भन्दै आँगनको डिल हेर्दै छन । विचरा ती असफल अधुरो जीवन संग लडी रहेका सबै सपना हावा हुरीले चक्नाचुर पारेर खुसि लुटिएका अभिभाबक हरु उनीहरुका जीवन भर नत आखाँ ओभाए नत ओठमा मुस्कान आउँन सके ।नत तिनीहरुका आर्तहरुमा मलम पटिट लगाउन सक्ने राज्यका ठेकेदार भन्ने हरुले के छ ? भन्ने शब्द समेतले सम्बोधन गर्न सके ।यो कस्तो दर्दनाक कथा ब्यथाले भरिएको पिडा दायि नरकिय जीवन ?
अहिलेको बर्तमान अबस्था त झनै र्ददनाक कठोर यातना अन्याय निर्दयी अपराधिक अबस्थामा जीउँदै मरे तुल्य अबस्थामा बाँच्न बाध्य बनाइयो । नेपालमा २०२८ पछि भूमि सम्बन्धि कुनै प्रकारको काम कार्य हुन सकेन । २०२८ अगाडि जोत पोतको ऐन कानुन बने समय पन्चायत कालिन भएपनि जन्ताले जोत भोग ओत को थोरै भएपनि आफनो अधिकार त प्राप्त गरेका थिए ।त्यस पछि जनसख्या बढदै गयो ।बनको भूभाग मा जनता ओत लाग्न बाध्य भए ।जस्को कारण ऐलानी को जन जीवन तिब्र रुपमा समस्या मूलक बन्दै आयो । केहि जनता बसेकै सयमा थाहै नदिएर संसथाका नाममा नापिए यस्तै अबस्था वित्दै जादाँ विगतमा सरकारमा पुग्ने हरुले दलाल गर्दै भए त्रास देखाउदै यदि मैले हारे भने यो बस्ति उजाड बन्ने छ भन्ने त्रास देखाउँदै तिनै गरिब निमूखा र्सबहारा का बस्तिहरु भोट बैक बनाएर ब्रम्ह्लुट गरे तर हाल सम्म कति आयोग बने ?कति भाषण छाटिए ?तिनै बस्तिले चप्पल पडकाइ हिडने सर्बहाराका नारेवादी हरु लाइ महल छाप बनाइदिए ।साना गाडि घोडा का कुरै छोडौं हवाइ जहाज हेलिकप्टर का बार्केनीङ गर्ने भए ? बिगतमा आफैले कम्लरी प्रथाको अन्त्य गर्ने भने अहिले स्वय ले घर भरि नोकर चाकर बिस्तारा देखि भान्सा सम्म विभिन्न उमेर समूहको चाङ लगाउँन पुगे । बिहानको चिया नास्ता गगन चुम्बि होटलमा साँझको नास्ता पानि रिसोठमा परिवार सहितको करोडौका पारवाहन हरुमा पुग्ने भए । बिगतका ती दलाल हरु का सम्पत्ति बाहिर कहाँ कहाँ कति छन ? उनी आफु नै अनविज्ञ छन ।आज आएर सरकारमा पुगेका हरु बाट तिनै असाय निसाय गरिब का बस्तिहरुमा डोजर आतंक मच्चिरहेको छ ।त्इसता गरिबहरु ह्रुनै फेरि चपेटाकामा परेका छन ।
बास्तबमा अहिले नेपाली जनता देश र उनी बिगतका जान्ने मान्ने हरेक स्थानमा हस्तक्षेप गर्ने पहुचमा पुगेका नेता सत्ताको मातमा रमाउँने हरुको अबस्था कस्तो छ ?
(क) बिगतका हात्ती छाप नेता हरु जनताको १बर्ष सम्म खानामा लाग्ने टोटल खर्च को तुलनामा उनीहरुका दर्जनौ प्रकारका जुता चप्पल छन ।जनताका खुटटा धाजा फाटेको अबस्थामा छन ।
(ख)जनताले एक छाक मासु र भात खान कम्तिमा ३ देखि ६ महिना कुर्नु पर्छ नेताका भान्सामा प्रत्यक छाकमा कम्तिमा ५ प्रकारका भेराइटिको मासु पाक्छ ।
(ग) जनताले एक जोर वरापरि पाउन दशै वा मेला पर्व खुसयिाली कुर्नु पर्छ ।त्यो पनि ३० प्रतिसत होलान ?बाँकी त तिनै हात्ति छापले फालेका जडयौरीमै नागों ढाक्न बाध्य हुन्छन ।भने नेताका स परिवारले दिनमा कम्तिमा ५ जोर सेट त्यहि अनुसारका मेकप त्यसै अनुसारका गर गहनामा सजीन्छन ।
(घ)जनता एबं बिगतमा क्रान्तिमा होमिएर संसार गुमाएका हरु सार्बजनीक बाहनमा उक्लने क्षमता छैन ।प्राय जसो नजीकमा पैदल मार्च टाढा जानै परे रोइ रोइ त्यसैमा पनि मालिक उनका मतियारहरु बाट ठगिएर लुटिएर यात्रा गर्न बाध्य हुन्छन भने नेता जन बिभिन्न प्रकारका पारबाहनमा मौसम अनुसारका सेबा सुबिधा भएकाहरुमा यात्रा गर्छन ।
(ङ)जनता ले केहि गरि साधन जोरि हाले भने दर्जनौ स्थानमा भूत भयार खुसि पार्नु पर्ने बाध्य हुन्छन ।तिनै चिज नेताले खरिदन खोजे उपहार सहित घरमै आउँछन ।
(च)जनता माथि असख्य करहरुले टाउँको उठाउँन सक्ने अबस्था छैन ।नेता गण लाइ सेबा सुबिधाको फालाफाल छ ।
(छ)जनता बस्ने घर टहरा अब्यबस्थित ऐलानी कुनै सस्थाका अतिक्रमित हुन्छन तर नेताका भने आबाश मा पर्छन ।
(ज)एउटै प्रकृतिको स्थान्मा नेता जनताका संरचना हुन्छन । त्यसैमा जनताको अतिक्रमणमा पर्छ डोजर आतंक मच्चिन्छ तर नेताको अति शुरक्षित होसियारीे अप्नाएर स्वंय शुरक्षा दस्ताले शुरक्षित गरि राख्छ भने बर्तमान को राज्य र गरिब निमुखा सर्बहारा बर्गको सम्बन्ध यस्तो छ भने अहिलेको बर्तमान झण्डै दुइ तिहाइको बहुमत प्राप्त सरकार र जनताको सम्बन्ध एबं अबस्था कस्तो छ ?
अहिले नेपाल र नेपालीको अबस्था इतिहासकै खर्तनाक निरङकुश तानाशाही जीवन मरणको दोसाध एबं डोजर आतंकको कहाली लाग्दो जीवन संग संघर्षरत सडक छापको जीवनमा बाँच्न बाध्य छन ।किनभने गरिब आफै गरिब हुदैनन ।गरिब हुनका धेरै कारण हरु हुन्छन, जस्तै
(१) साहुको लघुबित्तिय सहकारी बैंक लगाएतका हरुको मिटर ब्याजे ऋृण तिर्न नसकेको कारण उठिबास लगाइएका हरु को ओत लाग्ने स्थान मेटिएर ऐलानीमा सरण लिन बाध्य भएका हरु ।
(२)अर्को नेपालमा रोजगार भएन ज्यान पाल्ने कुनै बिकल्प भएन ।बाध्यता बस बिभिन्न प्रकृया बाट भएका सन्तान विदेश पलाएन भए ।अब कमाइ काज गरि आउलान भन्दै दिन गन्दै दियोमा तेल थप्दै गरेका ।बृद्ध बा आमा छोरा छारी श्रीमती को अगाडि लासको बाकस आयो ।अब के गर्ने ?त्यहि सहारा विहिनको मौकामा मिटर घुमाउँदै गर्ने हरुले छाक बास उठिबास लगाएका हरु ।
(३)अर्का एकथरि ब्यापार ब्यबसाय गर्न खोजे तर विविध कारण बस डुबे तिनी पनि गरिबकै चपेटामा परे ।
(४)कोहि विदेशको प्रलोभनमा अबैधानीक बाटो दलालको फन्दामा परेर भएको संपत्ति गुमाएका हरु ।
(५)अर्को एउटा बिडम्बना का गरिब असाय सत्ता धारि बेइमानी भ्रष्टचारी धोकेबाज दलाल हरुले मुक्त कमैयाको बाहनामा थोरै भएपनि पिडा दायी तर जस्तो भएपनि ओतमा बसेका हलिया चरुवा कम्लर कम्लरनी हरुलाइ बिना विकल्पै निकालेर त मुक्त कमैया भइस भनेर आफना भोट बैंक बनाइएका हरु ।
विगतमा जस्ले जस्ले जस्का पालामा यस्ता खाले हर्कत गरे उनैले तिनैका बस्तिमा घुसेर फेरि उनै माथि शासन गरे ।आफना भएका श्रेस्ता वाल जमिन हरु पलटिङ लिज भाडामा दिएर लाखौ करौडौको ब्रम्ह्लुट गरे तिनै फेरि सुकुम्बासीका भन्दा चर्का नारा लगाउँदै तिनै पिडितलाइ अघि लगाउँदै तिनै लाइ मराउँदै सडकमा चिल्लाइ रहेका छन ।भने राज्यले त्यस्ताहरुको छानविन बिना विकल्प विना डोडर आतंक मच्चाएर कोहि आत्म गरि मरे कोहि बेहोस छन ।कोहि डिफरेसनका शिकार बनेर आधा जीवन बाच्न बाध्य छन ।त्यसकारण अहिले नेपालमा मानीस घोर घना जंगलमा हिंस्रक खर्तनाक बन्य जगंली जनाबरको आतंक देखि डराउन्न तर डोजर आतंकले आतंकित बनाएको छ ।जनता त्रसित छ ।भएका झुपडिमा डोजर लाग्यो अब यो प्रकृतिले आफनो बल प्रयोग गर्ने बाढि पहिरो झरि बादलको पिडा दायि अबस्थामा कहाँ जाने ? के गर्ने ?नत रोजगार नत बैकल्पिक अबस्था ?अहिले सरकार बाट घोसित मासिक १५००० पन्ध्र हजार पाउने कस्ता प्रकृतिका हुन ? थाहा छैन सायद फेरि पनि वास्तविक सुकुम बासी भन्दा हुकुम बासीकै बाहूयता हुने हो की ?अहिले सम्मको प्रबृतिले त्यस्तै देखायको कारण विस्वास गर्ने कुनै आधार भेटिन्न यस्तै यस्तैै आतंकित त्रसित को जीवन टडकारो रुपमा डोजर आतंकको दिनचर्या विताउँन बाध्य छन ।नेपाली जनता धन्यवाद ।






























