एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री अरुण जेट्ली हेलिकप्टर चढ्ने क्रममा लडेर घाइते भएका छन् ।
पतञ्जली एवं हर्ब फुड पार्कमा सम्मान समारोहबाट फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् । बाबा रामदेव र आचार्य बालकृष्णसमेत दुर्घटनाको समयमा मन्त्री जेटलीसँगै थिए ।
पतञ्जली परिसरमै चिकित्सकले प्राथमिक उपचार गरी मन्त्री जेटलीलाई नयाँ दिल्ली पठाएका थिए । लडेलगत्तै मन्त्री जेटली बेहोस भएका थिए ।
अर्थमन्त्री जेटलीको टाउकोमा चोट लागेको बताइएपनि स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छैन ।