काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबारराति भएको क्वाटरफाइनलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको हो । खेलको ५१ औं मिनेटमा चेल्सीका एनगोलो कान्टेले गरेको गोल नै निर्णायक बन्यो ।
यसअघि खेलको ३५ औं मिनेटमा एन्डर हेरेरा दोहोरो पहेंलो कार्ड पाएर बाहिरिएपछि दाबाबमा परेको थियो । त्यसपछि लगातार चेल्सीले दबाब सिर्जना गरे पनि थप गोल भने गर्न सकेन ।
चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ । उसले युनाइटेडसँगको पछिल्ला ७ खेलमा जित निकालेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।