धरान । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५८ नम्बरको ट्रकको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेको बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबारराति अवेर इटहरीको तरहरा नजिकै पानीपिया भन्ने स्थानमा भएको सो दुर्घटनामा धरानका २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।