इथियोपियामा फोहोरको पहाड खस्दा ४८ को मृत्यु

इथियोपियामा फोहोरको पहाड खस्दा ४८ को मृत्यु

एजेन्सी । इथियोपियामा बर्षौदेखिको फोहोरको थुप्रो खस्दा ४८ जनाको मृत्यु भएको छ ।

राजधानी अदिस अबाबाको बाहिरी इलाकामा फोहोरको पहाड खस्दो सो घटना भएको हो ।

अधिकारीहरुले फोहोरको पहाड शनिबारराति खसेर केही साना घर पुरिदा अझै केही बेपत्ता रहेका छन् ।

स्थानीले सो घटनाका समयमा करिब १ सय ५० जना घटनास्थलमा रहेको जानकारी दिएका छन् ।

बर्षौदेखि राख्दै आएको केही टन फोहोरको मुनी अस्थाई घर समेत पुरिएका छन् । सो स्थानमा पछिल्ला ५ दशकदेखि अदिस अबाबाको फोहोर थुपार्दै आएको थियो ।

मृत्यु हुनेमा केही बालबालिका समेत रहेको र वेपत्ता समेत रहेका कारण मृतकको संख्या बढ्नसक्ने जनाइएको छ ।