नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विवाहित नेपाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
प्रहरीका एक अधिकारीले घटनाको पुष्टि गर्दै बलात्कारका सबै अभियुक्त पक्राउ परेको जनाएका छन् । महिलोका मेडिकल जाँचमा पनि बलात्कार भएको पुष्टि भएको छ ।
दिल्लीको पाण्डव नगर नजिकै एक फ्ल्याटमा बस्ने महिलालाई जबरजस्ती मदिरा सेवन गराई पालैपालो ५ जनाले बलात्कार गरी घरमा बन्द गरेर फरार भएका थिए ।
घरभित्रै थुनिएपछि ती महिलाले तल्लो फ्ल्याटमा हामफाल उनको एउटा खुट्टा भाँचिएको छ ।
घटनापछि उनलै सबै कुरा छिमेकीलाई बताएपछि प्रहरीलाई जानकारी गराएका थिए । उनीमाथिको बलात्कारमा संलग्न ५ जना नै कल सेन्टरमा काम गर्ने भएको बताइएको छ ।
महिलाको उजुरीको आधारमा अभियुक्तमाथि सामूहिक बलात्कार, गैरकानुनी तरिकाले नजरबन्द गरेको र अप्राकृतिक यौनसम्बन्ध बताएको आरोपमा मुद्दा चलाईने भएको छ ।
बलात्कार पीडित नेपाली महिला दक्षिण दिल्लीको मुनिरकामा आफ्ना दुईवटा बच्चासँग बस्दै आएकी थिइन् । अभियुक्तमध्ये एक जना पहिल्यैदेखि ती महिलासँग परिचित रहेको बताइएको छ ।






























