आर्सनल र सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

आर्सनल र सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । आर्सनल र म्यानचेस्टर सिटी इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राती भएको खेलमा नन लिग क्लब लिंकन सिटीलाई ५–० ले हराउँदै आर्सनलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्सनलको जितमा थियो वाल्कोट, ओलिभर जिरौड, एलेक्सिज सान्चेज र आरोन राम्सेले एक–एक गोल गरे भने लिंकन सिटीका वाटरफलले एक आत्माघाती गोल गरेका थिए ।

शनिबार राति नै भएको अर्को खेलमा मिडिल्सब्रोलाई २–० ले हराउँदै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको जितमा डेभिड सिल्भा र सर्जियो अग्वेरोले एक–एक गोल गरे ।

एफए कप फुटबल अन्तर्गत आइनबार टोटनह्याम हट्सपर र मिल्वाल प्रतिस्पर्धा गर्नेछन् । सोमबार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी र म्यान्चेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।