विश्व १९४५ पछिकै ठूलो मानवीय संकटको सामना गर्दै

विश्व १९४५ पछिकै ठूलो मानवीय संकटको सामना गर्दै

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुखले सन् १९४५ मा राष्ट्रसंघको स्थापनापछि संसार अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको बताएका छन् ।

उनले विश्वका चार देशमा गरी दुई करोडभन्दा बढी मानिसले भोकभरी र अकालको सामना गर्नुपरेको उल्लेख गरेका छन् ।

मानवीय प्रमुख स्टेफन ओ ब्राइनले राष्ट्रसंघ सुरक्षा परिषदमा यसलाई साझा र समन्वित विश्व प्रयास नभएमा भोकले मर्ने र केही विरामीबाट पीडित भएर मर्ने उल्लेख गरेका छन् ।

उनले क्षति रोक्नका लागि यमन, दक्षिण सुडान, सोमालिया र पूर्वोत्तर नाइजेरियामा तत्काल रकम पठाउन र मानवीय सहयोगसम्म सुरक्षित र निर्बाध रुपमा पठाउन अपील गरेका छन् ।

ओ ब्राइनले भने, ‘छोटोमा भन्नुपर्दा जुलाई सम्म ४.४ अरब डलर चाहिन्छ ।’

संयुक्त राष्ट्र संघ र खाद्य संगठनले अकालको परिभाषित गर्दै ५ वर्षभन्दा कम उमेरका ३० प्रतिशत भन्दा बढी बच्चा कुपोषणको शिकार भएमा र शिशुको मृत्युदर प्रतिदिन दुई या तीन प्रतिहजार रहने उल्लेख गरेको छ ।