विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको नेपाल बन्दको प्रभाव परेन

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको नेपाल बन्दको प्रभाव परेन

काठमाडौं । कञ्चनपुरमा भारतीय प्रहरीले गोली हानेर नेपालीको हत्या गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव परेन ।

नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा चन्द नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको आव्हान गरेको थियो ।

बन्द आव्हानका बाबजुद राजधानीमा नियमितझैं सवारी साधन सञ्चालनमा रहेका छन् भने बजार पसल पनि खुल्ला छ ।

राजधानीबाट बाहिरिने र भित्रने सावारीसाधन निर्बाध रुपमा आवतजावत भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बन्दको आहृवान गरेको थियो ।