पल्माइरा फेरि कब्जा गर्ने अभियानमा सिरियाली सेना

पल्माइरा फेरि कब्जा गर्ने अभियानमा सिरियाली सेना

एजेन्सी । सिरियाली सरकारले प्राचीन पल्माइरा सहर फेरि नियन्त्रणमा लिने प्रयास सुरु गरेको छ ।

सरकारी सेनाले इस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको शहर मुक्त गराउन प्रयास थालेको हो । सिरियाली सेना पल्माइरा शहरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले थालेको छ । आईएस लडाकुहरुले यूनेस्कोमा सूचीकृत यस पुरातात्विक शहरमा डिसेम्बरमा कब्जा जमाएका थिए ।

उनीहरुले केही भाग नष्टसमेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटेपनि उनीहरुले फेरि कब्जा जमाएका थिए ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यो इलाकालाई आईएसले छाडेको भएपनि अझै हमला हुनसक्ने जनाएको छ । युनेस्कोले प्राचीन संस्कृति बोकेको पल्माइरामा आईएसले ठूलो नोक्सानी पुर्याएको जनाएको छ ।