काठमाडौं । बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लागेका रविन्द्र मिश्रले आफ्नो पार्टीको नाम जुराएका छन् ।
उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ । चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ ।
मिश्रको नेतृत्वमा बन्ने पार्टीको नामसँगै चुनाव चिन्ह समेत सुरक्षित गर्ने योजना बनाएका हुन् । किनकी अहिले दल दर्ता त बन्द छ ।
पार्टीको औपचारिक घोषणा केही साताभित्र हुनेछ र, पार्टीको संयोजक मिश्र नै रहनेछन् ।