
काठमाडौ . भारतीय नेपाली साहित्यमा क्रियाशील युवा समालोचक एवम् पत्रकार रूपेश शर्माकृत माक्र्सवादी समालोचना ‘सिर्जना र दृष्टि’ माथि सोमबार एक साहित्यिक कार्यक्रमका बिच परिचर्चा गरियो ।
अनामनगर, घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा माक्र्सवादी सौन्दर्य चिन्तक तथा बरिष्ठ समालोचक निनु चापागाईं, माक्र्सवादी समालोचक द्वय प्रा.डा. ताराकान्त पाण्डे्य र डा. अमर गिरीले समीक्षात्मक टिप्पणी गरे ।
कृतिमाथि टीप्पणी गर्दै निनु चापागाइँले भने ‘उनी आधारभूत रूपमा माक्र्सवादी सौन्दर्यशास्त्रद्वारा अनुप्राणित एक सफल समालोचक हुन् ।’ चापागाइँले शर्माको प्रशंसा गर्दै अगाडि भने ‘शर्माको प्रस्तुत कृतिले उहाँ नवोदित नभई माझिएका, सुस्पष्ट र प्रखर समालोचक हुनुहुन्छ भन्ने देखाउँछ । शर्माको लेखनपद्धति, विश्लेषणको तरिका र तार्किक क्षमता प्रस्तुत कृतिको सार हो ।’ । त्यसैगरी अर्का टिप्पणीकार प्रा.डा. ताराकान्त पाण्डे्यले ‘सिर्जना र दृष्टि’ कृति बलशाली भएको दाबी गरे । शर्माका लेखनमा मूलधारको साहित्यमा रहेको भाषिक आस्वादन पाएको भन्दै उनले सबै समालोचना अनुसन्धानमूखी र गहन रहेको धारणा राखे । कृतिको टिप्पणी गर्दै डा. अमर गिरीले रूपेश शर्माको कृतिले समकालीन भारतीय नेपाली साहित्यको स्थितिबोधमा सघाउ पुग्ने बताए ।
इच्छुक प्रतिष्ठानको आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा समालोचक शर्माले कार्यक्रमको सुभारम्भमा आफ्ना लेखन बारेको धारणा राख्दै भने ‘आफ्नो लेखनको ध्येय साहित्यमा समाज खोज्नु हो ।’ उनले अगाडि भने ‘भारतमा प्रगतिवादी साहित्य लेख्ने स्रष्टाहरू स्वयम् आपूmलाई माक्र्सवादी भन्न हिच्किचाउँछन् । मैले यो कृतिमा व्यवहारिक समालोचना मार्फत् उनीहरूलाई प्रगतिवादी धाराका स्रष्टाका रूपमा चिनाउने जमर्को गरेको छु ।’
भारतको पश्चिम बंगालको डुबर्स स्थायी घर भएका शर्मा पेसाले पत्रकार हुन् । उनी सिक्किमको गान्तोकमा बस्छन् । उनले बितेको दुई दशकदेखि समालोचना विधामा कलम चलाउँदै आएका छन् । कार्यक्रम प्रष्ठिानका अध्यक्ष प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षता र प्रतिष्ठानकै सदस्यसचिव साहित्यकार हिरामणी दुःखीको सञ्चालनमा भएको थियो । सो अवसरमा सबै सहभागी साहित्यिक मनहरूलाई कार्यक्रमको प्रारम्भमा स्वागत गर्दै सचिव दुखीले कार्यक्रम अगाडि बढाएका थिए । समापनका अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले भने ‘प्रस्तुत कार्यक्रमले भारतीय नेपाली लेखकहरूलाई प्रतिष्ठानसँग जोड्न र दुबै देशको प्रगतीशील साहित्यको सम्बन्ध जोड्न यसले महत्वपूर्ण टेवा दिने आशा लिएका छौँ ।’