काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराउँदै रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिएको छ ।
सोमबार राति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लेष्टर सिटीले लिभरपुललाई ३–१ ले हरायो ।
खेलमा लेष्टर सिटीलाई विजयी गराउन जेमी भार्डीले दुई तथा ड्रिङ्कवाटरले एक गोल गरे । लिभरपुलका लागि फिलिप कौटिन्होले सान्त्वना गोल फर्काए ।
जितसँगै लेष्टर सिटी लिग तालिकाको १५ औं स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको २४ अंक भएको छ । गत सिजनको विजेता लेस्टर सिटी यसवर्ष भने रेलिगेसनबाट जोगिन संघर्षरत छ ।
तालिकामा ६३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने ५३ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।