भक्तपुर । बहुप्रतिभाशाली व्यक्तिव्व राम शेखर नकर्मीको निधन भएको छ । वि.सं. १९९४ सालमा भक्तपुरको वडा नं. ६ विनाचु टोलमा जन्मिएका रामशेखर नकर्मी हास्य अभिनेता, लेखक तथा साहित्यकार, निर्देशक लगायतका क्षेत्रमा ख्यातीप्राप्त व्यक्ति हुनुहुन्थ्यो । उहाँको ८० वर्षको उमेरमा सोमबार निधन भएको हो । सोमबारै उहाँको अन्तिम दाहसंस्कार गरिएको छ ।
उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का कार्यालय सदस्य रामसिंह श्रीस, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठलगायत पार्टी र मोर्चाका नेता कार्यकर्ता, अभिनय तथा चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थिति रहेको थियो । नेपाल भाषा चलचित्रका पिताको रुपमा चिरपरिचत नकर्मीलाई हास्यजोडी ‘मह’को पनि गरु मानिन्छ ।