काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पहलमा गैरकानुनी रुपमा राज्यद्वारा गिरफ्तार गरिएका सुकुम्वासी युवा डम्बर तामाङ्ग धरौटीमा रिहा भएका छन् । उनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले एक कार्यक्रमकावीच भव्य स्वागत गरेको छ ।

उक्त कार्यक्रममा पार्टीका महासचिव सिपि गजुरेलले खादा अविर लगाइ दिएर स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयो, समाजका मूल समस्याहरू गरिबी, बेरोजगारी, असमानता, शोषण र उत्पीडनसँग गाँसिएका छन्। जबसम्म थोरै मानिसहरूको हातमा शक्ति, स्रोत र अवसर केन्द्रित रहन्छ र बहुसंख्यक श्रमिक, किसान तथा उत्पीडित समुदायहरू अधिकारबाट वञ्चित रहन्छन्, तबसम्म वर्गीय विभाजन र संघर्षको प्रश्न जीवित रहने हुन्छ त्यसकारण वर्गीय मुक्ति आन्दोलन सफल नहुदासम्म उत्पीडित जाति, क्षेत्र लिंग र वर्गको मुक्ति संम्भव छैन । जवसम्म सरकारले गाँस् वास र कपासको ग्यारेन्टी गर्दैन तवसम्म लडिरहनु पर्दछ । ९ नम्वर ब्युरो सचिब चिन्तामणि पौडेलले पनि सम्वोधन गर्नु भएको थियो । स्वागत कार्यक्रममा पार्टीका पिविएम तथा ९ न. व्युरो इन्चार्ज लगायत नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।
डम्वर तामाङलाई अविर र खादा लगाउदै खुल्ला आकाशमा स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन काठमाडौ जिल्ला सेक्रेटरी केदार खतिवडाले गर्नु भएको थियो ।































