काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालेन सरकार नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको गम्भीर आरोप लगाएको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा यही असार २३ गते अमेरिकी कठपुतली बालेन्द्र सरकारको स्वीकृतिमा सन् १९५९ मा चीनको स्वशासित प्रान्त तिब्बतबाट भागेर भारतमा शरण लिई आएका पृथकतावादी दलाइ लामाको ९१ औँ जन्मदिन काठमाडौँको स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा मनाइएको घटनालाई नेपालको घोषित एक चीन नीतिका विरुद्ध रहेको भन्दै राष्ट्रघाती बालेन सरकार नेपाल र चीनका बीचको मैत्रीपूर्ण दौत्य सम्बन्ध भड्काएर नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको दावी गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन सघाउने कठपुतली बालेन सरकारको यो राष्ट्रघाती कदमका विरुद्ध आवाज बुलन्दगर्न हाम्रो पार्टी आम देशभक्त जनतामा हार्दिक आह्वान गर्दछ । साथै, साम्राज्यवाद र तिनका दलाल शासकहरुले जतिसुकै तर्साउन खोजेपनि स्वाभिमान र वीरताको इतिहास बोकेका नेपाली जनताले त्यसको प्रतिरोध गर्ने छन् र अन्ततः तिनको विनाश अनिवार्य छ भनी पार्टी स्मरण गराउन चाहन्छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“यही असार २३ गते अमेरिकी कठपुतली बालेन्द्र सरकारको स्वीकृतिमा सन् १९५९ मा चीनको स्वशासित प्रान्त तिब्बतबाट भागेर भारतमा शरण लिई आएका पृथकतावादी दलाइ लामाको ९१ औँ जन्मदिन काठमाडौँको स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा मनाइएको घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यो घटना नेपालको घोषित एक चीन नीतिका विरुद्ध रहेको छ । राष्ट्रघाती बालेन सरकार नेपाल र चीनका बीचको मैत्रीपूर्ण दौत्य सम्बन्ध भड्काएर नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको प्रस्ट हुन्छ ।
हाम्रो पार्टी दृढतापूर्वक एक चीन नीतिको पक्षमा रहेको उल्लेख गर्दै शोषित उत्पीडित बहुसख्यक नेपाली जनता नेपालको स्वाधीनता र स्वतन्त्रताको पक्षमा कटिबद्ध रहेको स्पष्ट पार्दछ । नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन सघाउने कठपुतली बालेन सरकारको यो राष्ट्रघाती कदमका विरुद्ध आवाज बुलन्दगर्न हाम्रो पार्टी आम देशभक्त जनतामा हार्दिक आह्वान गर्दछ । साथै, साम्राज्यवाद र तिनका दलाल शासकहरुले जतिसुकै तर्साउन खोजेपनि स्वाभिमान र वीरताको इतिहास बोकेका नेपाली जनताले त्यसको प्रतिरोध गर्ने छन् र अन्ततः तिनको विनाश अनिवार्य छ भनी पार्टी स्मरण गराउन चाहन्छ ।”































