काठमाडौं । क्रान्तिकारी ट्ेड युनियन महासंघ नेपालका संयोजक इश्वर तिमिल्सिनाले एक प्रेस वक्तव्य जारी गर्दै आत्मदाह दुरुत्साहनमा संलग्नहरुलाई कारबाही गर्न र मजदुरमाथि भएको अत्याचारको विरुद्धमा आवाज उठाउन अपिल गर्नुभएको छ । वक्तव्यमा सरकारद्वारा अगाडि बढाउन खोजिरहेका मजदुर बिरोधि गतिविधिका साथै राइड सेयरिङ चालक मजदुरमाथि भएको अत्याचारको विरुद्धमा आवाज उठाउन सम्पुर्ण मजदुर संगठन, संघ संस्था, नागरिक समाज एवं जनवादी समाजवादी शक्तिहरुमा हार्दिक अपिल गरिएको छ ।
गणेश नेपाली आत्मदाह बारे शीर्षकमा जारी प्रेस वक्तव्यमा भनिएको छ, शहरी मजदुरहरु प्रति काठमाण्डौं महानगरीय प्रशासन असहिष्णु रहदै आएको सर्वविदित नै छ । बिगतमा महानगरीय प्रहरी प्रशासनको स्वरोजगार मजदुरहरुमाथि अत्याचारका हज्जारौं उदाहरणहरु सबै जनसमुदायका सामुन्ने रहेकै छन । राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार बनेसंगै महानगरीय र संघीय सरकारको चरीत्र झन फासिस्ट शैलिको हुँदै आएको छ ।
हामीले देखेका छौं कि मजदुरहरुमाथिको दमनात्मक अभियान चलाएर उनिहरुले हज्जारौं सुकुम्बासी मजदुरहरुलाई अपमानजनक ढंगले बस्तीबाट लखेटेर सडकमा पुर्याए । निजामती क्षेत्रमा कार्यरत आउट सोर्सिङ मजदुरहरुलाई रोजगारीबाट हटाउने कार्य चलिरहेको छ ।मजदुरहरुमाथी कर माथि कर थोपरेर सत्ताधारीहरु मोटाउने उपाय खोजिरहेका छन । ट्राफिक अनुशासन र नियमका नाममा लाखौं लाख जरिवाना तोक्ने कानुन निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।
यस्तै फासिस्ट शैलिको अत्याचारको परिणामस्वरूप आज दिउसो त्रिपुरेश्वरमा आफ्नो मोटरसाइकलको चक्कामा महानगरीय प्रहरीद्वारा लगाइएको ताल्चा खोलिदिन अनुनय विनय गर्दा असफल भएको र जरिवाना तिर्ने पैसाको अभावमा आत्मदाह गर्न प्रयत्न गरेका गोपाल नेपालीको स्थितिबारे सार्वजनिक भएका जानकारीहरुले हामीलाई गम्भीर बनाएको छ । यस अबस्थामा गम्भीर घाइते गोपाल नेपालीको उपचारको सबै जिम्मेवारी बहन गर्न सरकार र सरोकारवाला निकायहरुसँग माग गर्न चाहन्छौं । आत्मदाह दुरुत्साहनमा संलग्नहरु उपर कार्वाही अगाडि बढाउन पनि माग गर्दछौं । साथै पीडित र आश्रितलाई क्षतिपुर्ती उपलब्ध गराउन माग समेत गर्दछौं ।
सरकारद्वारा अगाडि बढाउन खोजिरहेका मजदुर बिरोधि गतिविधिका साथै राइड सेयरिङ चालक मजदुरमाथि भएको अत्याचारको विरुद्धमा आवाज उठाउन सम्पुर्ण मजदुर संगठन , संघ संस्था , नागरिक समाज एवं जनवादी ( समाजवादी शक्तिहरुमा हार्दिक अपिल गर्दछौं ।
२०८३ असार २५
संयोजक स्( ईश्वर तिमिल्सिना































