चीनका लागि पूर्वनेपाली राजदूतहरूले एक चीन नीति विपरीतका गतिविधि भएको जनाउदै चिन्ता व्यक्त

चीनका लागि पूर्वनेपाली राजदूतहरूले एक चीन नीति विपरीतका गतिविधि भएको जनाउदै चिन्ता व्यक्त

 

काठमाडौं‌ । चीनका लागि पूर्वनेपाली राजदूतहरूले एक चीन नीति विपरीतका गतिविधि भएको जनाउदै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सात जना पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको ‘एक चीन नीति’ विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ।
पूर्व राजदूतहरूले विज्ञप्तिमार्फत नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने र गर्न नदिने प्रतिबद्धता परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहोर्‍याइएको थियो। के अहिले त्यो प्रतिबद्धतामा परिवर्तन आएको होरु के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँरु सरकारलाई प्रश्न समेत गरेका छन्।
यस बिषयमा चीनका लागि पूर्वनेपाली राजदूतहरूद्वारा हस्ताक्षरित विज्ञप्ति यस प्रकार रहेको छ – ‘ यहि असार २२, २०८३ मा नागार्जुन नगरपालिका ९२ स्थित नामग्यालविद्यालयमा १४औं दलाइ लामाको ९९औं जन्मदिन मनाइएको र सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारले हामी चीनका लागि पूर्व राजदूतहरू चिन्तित भएका छौं।
नेपालले सधैं दृढतापूर्वक एक९चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमंत्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबदधतामा परिवर्तन आएको हो रु के हामीले छिमेकसंगको परराष्ट्र नीति बदलेका हौं रु यदि यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसंगको दौत्य सम्वन्धको स्थापना कालदेखि हालसम्म कायम राखेको एक चीन नीतिको प्रतिकूल हुन गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भूराजनैतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने प्रष्ट देखिन्छ यस्तो गतिबिधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको हुँदा हामी नेपाल सरकार लगायत सबै सरोकारवालालाई सतर्क र सचेत रहन समेत अपिल गर्दछौ ।साथै भविष्यमा यस्ता गतिबिधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँग को सम्बन्धमा संबेदनशील हुन नेपाल सरकारलको ध्यानाकर्षण गर्दछौं ्र ‘
हस्ताक्षरित विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ –