एजेन्सी । ओेलम्पिक इतिहासकै सबैभन्दा सफल पौडीबाज माइकल फेल्प्सले आफ्नो सफलताको रहस्य खोलेका छन् ।
उनले आफूले ओलम्पिकको इतिहासमै सबैभन्दा सफल खेलाडी बन्नका लागि स्विमिङ पुलमा अनगिन्ती घन्टाहरु विताएको बताएका छन् ।
यस्तै उनले ओच्छ्यानमा पनि सुतेर यसरी नै समय बिताएको उल्लेख गरे । फेल्प्सले आफ्नो ओलम्पिकमा जितेका २८ पदकका लागि प्रशिक्षणसँगै समान रुपमा ओच्छ्यानमा आरामका लागि बिताएका बताए ।
‘मैले युवा अवस्थामा नै निद्रा पु¥याउनु कति महत्वपूर्ण छ भनेर सिके,’ उनले भने, ‘यसबाट तपाईले आफ्नो शरीरको वृत्ति विकास प्राकृतिक रुपमा रिकभर गर्न सक्नुहुन्छ ।’
फेल्प्सले ओलम्पिकका लागि सातै दिन स्विमिङ पोखरीमा बिताउने गर्दथे भने उनले ७० हजार देखि १ लाख यार्डसम्म पौडिने गर्दथे । उनले कोही व्यक्ति कति घन्टा सुत्यो भन्दा पनि कति गहिरो रुपमा निद्रा पु¥यायो भन्ने महत्वपूर्ण हुने बताए ।
उनले हप्तामा सातै दिन र दिनमा कम्तिमा पनि ३ देखि ५ घन्टासम्म स्विमिङ पुलमा बिताउने गर्दथे । उनी रातमा करिब ८ घन्टा र दिउँसो २ देखि ३ घन्टासम्म सुत्ने गर्दथे ।